प्रेसिडेन्ट सेकुवाले दियो रंगशाला बनाउन ७५ हजार सहयोग

640
views

काठमाडौँ, २५, वैशाख । राजधानी काठमाडौँको महाराजगन्जमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ । विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो नयाँ शाखा काठमाडौँको महाराजगन्जमा सञ्चालनमा ल्याएको हो ।

प्रेसिडेन्ट सेकुवाको राजधानी काठमाडौँमा ७ वटा र चितवनमा १ वटा शाखा छ । प्रेसिडेन्ट सेकुवा होटलको नवौँ शाखाको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले उद्धघाटन गरेका छन् ।

सो अवसरमा होटल प्रेसिडेन्ट सेकुवाले धुर्मुश सुन्तली फाउन्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार आर्थिक सहयोग गरेको छ । धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम हस्तान्तरण गरिएको थियो ।

होतलले स्वभाविक मेनु र हाईजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उद्देश्यका साथ काठमाडौको महाराजगन्जमा नवौँ शाखा ग्राहकवर्गहरुको माग अनुसार संञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए ।

बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा बिस्तार गरेको ग्रुपका सञ्चालक कृष्ण भण्डारीले बताए ।

कार्यक्रममा काठमाडौँ महानगरका वडा ४ का वडा अध्यक्ष महेश विष्ट लगायतले रेष्टुरेन्टका बारेमा प्रकाश पारेका थिए ।