भीरबाट खसेर युवकको मृत्यु

463
views

लमजुङ, २५, वैशाख । धानको बीउ राख्न घरवाट निष्केका एक युवकको भिरबाट खसेर मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं ६ भीरपुस्तुनका २६ बर्षीय मुक्तबहादुर गुरुङको भीरबाट खसेर मृत्यु भएको हो ।

ति युवक गाउँबाट बेंसीमा धानको बिऊ राख्न गएको परिवारले जनाएको छ । उनको गाउँतलको भाचोकडाँडाबाट एक्कासी खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटना सोमबार बिहान ८ बजे भएको स्थानीयले बताएका छन् । घटनाबारे गुरुङसंगै गएका छिमेकीले गाउँलेलाई खबर गरेका थिए ।