जैमिनीमा नेविसंघको प्रशिक्षण

719
views

सीताराम थापा
बागलुङ । नेपाल विद्यार्थी संघ बागलुङले नगर र गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको छ । संघले जिल्लाको दक्षिण जैमिनी नगरपालिकामा नेविसंघका विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले मुलुकका हरेक आन्दोलन विद्यार्थी आन्दोलनको साथले सफल भएका कारण विद्यार्थीहरुले चाहे जस्तोसुकै आन्दोलनहरु सफल हुने बताए ।

प्रशिक्षण कार्यक्रममा नेविसंघको स्थापना, नेपालमा विद्यार्थी आन्दोलन, २०२८ सालको स्ववियु पुर्नस्थापना, आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका बारेमा विद्यार्थीलाई प्रशिक्षित गरिएको थियो ।

नेविसंघले २०५८ साल भाद्र २४ गते देशको आठ विद्यार्थी संगठनलाई साथमा लिई साझा शैक्षिक तथा राजनितिक मुद्धालाई संयुक्त रुपमा अगाडी लग्ने निर्णय गरे पश्चात नयाँ पाठ्यक्रमको सुरुवात, प्रावि तहमा अंग्रजी माध्ययमबाट पढाई, निःशुल्क शिक्षा हुँदै समेटेर प्रणालीमा पुगेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेलले बिधर्थि आन्दोलन बाट उठेको राजनिति खखारियर आएको हुने तर्क गरे। धौलागिरी बहुमुखी स्ववियु सभापति मनिष थापा, नेविसंघका इकाई अध्यक्ष दिनेश पन्त लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेविसंघ शान्तिदिप बहुमुखी क्याम्पस अध्यक्ष सरिता पौडेलको अध्यक्षता, कोषाध्यक्ष सुनिता आचार्यको स्वागत, सचिव बिमला सुवेदीको संचालन र सचिव विदुर सम्पन्न भएको थियो ।

नेविसंघले जिल्लाका दश वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम अभियान संचालन गर्ने निर्णय बमोजिम यस अघि ताराखोलामा सम्पन्न गरिसकेको नेविसंघ बागलुङ अध्यक्ष खड्क थापा बताउँछन्। प्रशिक्षण अभियान आगामी दिनमा अन्य स्थानिय तहमां नेविसंघले अभियान चलाउने जनाएको छ ।