बाहिरियो सनराइजर्स हैदरावाद

762
views

विशाखापट्नम, २६, वैशाख । दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई हराएको छ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको हो ।

दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ । हैदरावादले दिएको १६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

दिल्लीका लागि सुरुवाती ब्याट्सम्यान पृथ्वी शाले ५६ रन जोड्दा ऋषभ पन्तले ४९ रन जोडे । हैदरावादका खलील अहमद र रसिद खानले समान २–२ विकेट लिए ।

विजेता टोली दिल्लीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दा पराजित टोली हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ ।