गैडाकोटमा गैडीको आक्रमण, तीनजना घाईते

1929
views

सीताराम थापा । जिल्लाको गैडाकोट नगरपालिका वडा नं. २ र वडा नं. ५ मा जंगलबाट बस्तिमा गैडी प्रबेश मानिस र पशुचौपायलाई आक्रमण गरेको छ ।

गैडाकोटको महिला समाजसेवी कोपिला रिजालले दिएको जानकारी अनुसार गैडीको आक्रमणबाट ३ जना मानिस र पशु चौपया समेत घाईते भएको छ ।

हिजो करीब करिब ४ः३० बजेतिर गैडाकोटमा मन्दिर परिसर हुँदै स्थानीय बस्तीमा गैंडा प्रबेश गर्दा सो दुर्घटना हुन गएको हो । आक्रमणबाट घाईते हुनेहरुमा गैंडकोट वडा नं.–२ निवासी आईत बहादुर बोटे, गैडाकोट वडा नंं–५ निवासी चन्द्रमणी गुरुङ र बुद्ध गुरुङ रहेका छन् ।

घाईते बोटेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको छ भने उनको अवस्था गंभिर रहेको छ । यसैगरि चन्द्रमणी र बुद्ध गुरुङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

उपचार भैरहेका अस्पतालमा पुगेर घाईतेहरुको अवस्था बुझ्दै गैंडाकोट नगरपालिकाका नगर प्रमूख छत्रराज पौडेलले घाईतेहरुको उपचार राज्यले निःशुल्क गरिदिने बताए ।