बेनीमा तेस्रो जेनेरेशन क्रिकेट कप शुरु

655
views

म्याग्दी, ७ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा तेस्रो जेनेरेशन क्रिकेट कप–२०७४ को प्रतियोगिता भैरहेको छ । ‘म्याग्दीका खेलाडीको विश्वसामु पहिचान, खेलकुद विकासमा हाम्रो अभियान’ भन्ने मूल नारासहित न्यु जेनेरेशन युवा क्लब बेनीबजार म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नवनिर्वाचित उपमेयर सन्जु बरुवालले र बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उपमेयर बरुवालले खेलक्षेत्र देश विकासको अभिन्न अङ्ग भएको बताएकी छिन् । उनले खेलकुद क्षेत्रको दीगो विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याउँदै खेलाडीहरुले अनुशासनको पालना गर्नुपर्नेमा जोड दिइन् । शुक्रबारसम्म हुने प्रतियोगितामा म्याग्दी, पर्वत बागलुङ र पोखराका कुल १४ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमलाई ३३ हजार ३३३ र द्वितीयलाई १७ हजार ११७ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने क्लब अध्यक्ष विज्ञान शर्माल