अखिल (क्रान्तिकारी) का अध्यक्ष ढकाल पक्राउ

600
views

काठमाडौं । नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारीका अध्यक्ष पक्राउमा परेका छन् ।

अध्यक्ष चिरञ्जीवी ढकाललाइ काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको पुष्टि गरे । ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।