‘मर्यादित महिनावारी, सबैको जिम्मेवारी’

2936
views

सीताराम थापा
बागलुङ । ‘मर्यादित महिनावारी, सबैको जिम्मेवारी’ बिषयक विद्यालयमा पहिलो संवाद कार्यक्रम आवासिय माद्यमिक विद्यालयमा विद्यार्थीहरु र शिक्षकहरुलाई लक्षित गरी एक कार्यक्रम सम्पन्न गरिएको छ ।

सत्कर्म नेपालको मुल संयोजन र आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजाल बागलुङको सहकार्यमां बिषय बिज्ञ समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सत्कर्म नेपालका बरिष्ठ सल्लाहकार एवं अभियान्ता बिज्ञ राधा पौडेलले संविधानमा महिला पुरुष समान हुने, बच्चा जन्माउन, महिनामारी हुन, स्तनपान गराउनका लागि थप सुविद्या र अधिकार रहेको बताउनुभयो ।

उहाँले महिनावारीको रगत समाज धर्म र संस्कृतिले अपबित्र भनिएपनि बैज्ञानिक हिसाबले पबित्र र चोखो रगत भएको तर अझै बैज्ञानिक शिक्षा र सांस्कृतिक रुपान्तरण नभएकोले महिलालाई ब्यक्तिगत र सार्वजनिक रुपमा अछुत जस्तै महिलामाथि हिंसात्मक व्यवहार भएको बताउनु भयो ।

महिलाले प्रयोग गर्ने सेनेटरी प्याड रसायनयुक्त भएकाले त्यसले ब्यक्तिको स्वास्थ्यमात्र नभएर वातावरणमा प्रतिकुल प्रभाव पार्ने बताउँदै अभियान्ता पौडेलले मर्यादित महिनावारी बनाउन सबै क्षेत्र र ब्यक्तिले दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अभियान्ता पौडेलले फाउन्डेसन मार्फत नेपालमा पहिलो जैविक प्याड निर्माण गरि प्याड मेनको रुपमा काम गरेकोले जैबिक प्याड प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

सत्कर्म नेपालका अभियान्ता एवं निर्देशक सीताराम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका सह–प्राचार्य कमल पन्तले स्वागत र आमा मिलन केन्द्रका महिला मानव अधिकार रक्षक ज्ञानु थापा मगरले सञ्चालन गर्नुभएको थियो ।