महिनावारी हुँदा अर्गानिक प्याड प्रयोग गर्न सुझाव

1653
views

बागलुङ, २८, बैशाख। मर्यादित महिनावारी, सबैको जिम्मेवारी’ बिषयमा भएको एक संवाद कार्यक्रममा बिज्ञ अभियान्ता राधा पौडेलले महिनावारी हुँदा महिलाहरुले अर्गानिक प्याड प्रयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।

मर्यादित महिनावारी, सबैको जिम्मेवारी बिषयमा पहिलोपटक सरोकारवालाहरु र नगरीक समाजबीच गरिएको जिल्ला स्तरीय संवाद कार्यक्रममा सत्कर्म नेपालका प्रमुख सल्लाहकार एवं बिज्ञ अभियान्ता राधा पौडेलले महिनावारीको समयमा सुरक्षित हुनका लागि अर्गानिक प्याड प्रयोग गर्नुपर्ने बताईन् ।

अभियान्ता पौडेलले महिनावारी हुनु कुनै पाप, अर्धम वा महिनावारीको रगत बिटुलो र अपबित्र नहुने सुझाउँदै गलत मान्यताका कारण समाजका महिलाहरु मानव मर्यादापुर्वक जीउने अधिकारबाट बञ्चितिको अवस्थामा पुगेको बताईन् । उनले महिलाले प्रयोग गर्ने प्याडहरुको प्रशिक्षण दिदै आफुले अर्गानिक प्याड बनाएकोले संस्थाहरुसंग समन्वय गरि जैविक औषधीका साथै प्याड उपलब्ध गराउने बताईन् ।

अभियान्ता पौडेलले मर्यादित जीवनयापनको लागि संविधानको मौलिक हक र कानूनले प्रदत्त गरेको अधिकार प्रयोग गरी मर्यादित जीवनमा सबैको जिम्मेवारी बनाउन स्वास्थ्य, शिक्षा, वातावरण लगायतमा मर्यादित महिनावारीमैत्री हुनुपर्नेमा जोड दिईन् ।

सत्कर्म नेपाल, बागलुङको आयोजना र आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको सहकार्यमा भएको संवाद कार्यक्रममा राजनैतिक प्रतिनीधि, कानून व्यावसायि, नागरिक समाज, शिक्षक, बुद्विजिवि, महिला मानब अधिकार रक्षक, महिला उद्यम ब्याबसायि, महिला अभियान्ता, प्रहरी, कर्मचारी सामाजिक अभियान्ता र स्थानिय महिलाहरुको समेत सहभागिता रहेको थियो ।

संवाद कार्यक्रमको सहजिकरण गर्दै विज्ञ अभियान्ता राधा पौडेलले महिनावारीको समस्या, मर्यादित महिनावारी र मानव अधिकार, महिवारी र हिंसा, कानूनी प्रावधान, समाधानको बिकल्पहरु र सबै सरोकारवालाले खेल्नुपर्ने भुमिकाबारे उल्लेख गरिन् ।