इरानलाई तर्साउन अमेरिकी युद्धपोतको तान्डब

831
views

काठमाडौं । अमेरिकाले इरानलाई वार्ताका आह्वान गर्दैगर्दा मध्यपूर्वमा युद्धपोतसहितका लडाकु पानीजहाजसहित सामुद्रिक अभ्यास सुरु गरेको छ । परिचालित युद्धपोतसहितका पानी जहाज इरानलाई तर्साउन गरिरहेको युद्ध विश्लेषकहरुको अनुमान छ ।

यसको केही छनक दिंदै राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ‘तनाव वृद्धिका केही संकेत र चेतावनी’ का रुपमा यसो गरिएको सार्वजनिक गरेका छन् । बोल्टनका अनुसार उक्त अभ्यासमा आक्रमण भए त्यसको प्रत्याक्रमण गरिने पनि बताए ।

उनका अनुसार ‘अमेरिकाले यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई यूएस सेन्ट्रल कमान्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा चोटिलो प्रत्याक्रमण गरिनका लागि स्पष्ट र सोझो सन्देशस्वरुप परिचालन गरिएको’ हो ।

जोन बोल्टनले अमेरिकाले इरानसँग युद्ध नचाहेको खुलासा गर्दै ‘तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौं,’ भनी चीन र रुसतिर कुरा सोझ्याएका छन् । अमेरिकाले लडाकु पानीजहाज प्रयोग गरेर युरोपमा अप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ ।

यसले मध्यपूर्वमा तनाव बढाइरहेको छ । साउदीमा हतियार थुपारेपछि अमेरिका साउदी विरोधी मध्यपूर्वका अन्य देशहरुलाई साउदी विरुद्ध लड्न उस्काइरहेको देखिन्छ ।

साउदी अरबलाई उसले मध्यपूर्वको युद्धमा हालेर तहसनहस पार्ने र पत्रकार खसोग्जीको हत्याको बदला यसरी लिइयो भनेर उसका समर्थक युरोपीय देशहरुलाई देखाउन चाहिरहेको छ ।

यो अमेरिकी तान्डब रुसचीनद्वारा रुसको भोस्टोकमा केही महिना पहिले गरिएको सैन्य अभ्यास र भेनेजुएलामा रुसी फौजको तैनाथी पछि गरिएको हो । यसको उद्देश्य युद्ध तनाव सिर्जना गर्नु र क्षेत्रीय युद्धको तयारी गर्नु रहेको छ ।