निर्वाचन आयोगको निर्देशन नआएसम्मका लागि पोखरा महानगरपालिकाको मतगणना रोकियो

599
views

नवदृष्टि संवाददाता
पोखरा ७ जेठ । स्वस्तिक चिन्ह ठूलो र सानो भएको मतबारे उत्पन्न विवादपछि मतगणना रोकिएको पोखरा महानगरापालिकाको मतगणना कार्य निर्वाचन आयोगको निर्देशन नआउँदा सम्म रोकिएको छ ।
स्वस्तिक चिन्ह सानो र ठूलोसँगै मतदान अधिकृतको एउटै मतपत्रमा दुईवटा सहि भएको भन्दै मतपत्रमा विवाद भएपछि गणनाकार्य रोकिएको निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । रोकिएको मतगणना सुरु गर्न माग गर्दै मतगणना स्थलमा एमाले समर्थकले नाराबाजी गरेका छन् । स्थगित मतगणना छिटो सुरु गर्नुपर्ने माग गर्दै मतगणना स्थल पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्र परिसर वाहिर नाराबाजी गरिएको हो । स्थगीत भएपनि पोखराको मतगणना स्थलमा मतपत्र छरपष्ट अवस्थामा छन् । पोखरामा फर्जी मत खसेको आरोप लगाउँदै शनिबार साँझदेखि रोकिएको मतगणनाका बिषयमा छलफल गर्न बसेको सर्बपक्षीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । आईतबार विहान २ घण्टासम्म बसेको बैठकले विवाद समाधानका लागि निर्वाचन आयोगलाई आग्रह गरेको छ । सम्बन्धित दलसहितको बैठकले निर्देशनात्मक आदेशका लागि पत्र लेखेर पठाएको कर्णले बताउनुभयो । ‘हामीले आयोगको केन्द्रिय कार्यालयलाई पत्र लेखेका छौं । आयोगबाट निर्देशन आएपछि पुनः छलफल गर्छौं, मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने–दलहरुको सहमति कुरिरहेका छौं । आयोगको निर्देशनले प्रक्रिया अगाडी बढ्छ ।’