ग्रामिण महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम

608
views

नुवाकोट, २९, बैशाख । ब्यावसायिक कृषिको माध्यमद्धारा ग्रामीण महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ दिने बेमौसमी तालिम सम्पन्न गरेको छ ।

दुप्चेश्वर गाउँपालिकाको सातबिसे स्थित मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई तालिम दिइएको हो ।

२७ गतेदेखि सुरु भएको समापन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले ग्रामिण अर्थतन्त्रको मेरुदण्ड र समृद्धिको आधार कृषि रहेकोले तालिमबाट सिकेका कुराहरुलाई ब्यावसायिक रुपमा लैजान र मनग्य लाभ लिन आग्रह गरे ।

त्यस्तै, तरकारी खेतिले नै ग्रामिण भेगका महिलाहरुको जिवस्तरमा परिवर्तन ल्याउनुका साथै समयको सदुपयोग हुनुका साथै बेरोजगारी समस्या समेत केही न्यून रहने बताए ।

तालिममा सहभागी कृषक सिता खनालले तरकारी खेती गर्जो टार्ने हिसाबले उत्पादन गर्दा बढी भएको अवस्थामा मात्र बिक्री गर्ने गरिएको बताए । उक्त तालिमबाट कृषकहरुले खेती गर्ने नया पद्यती, प्राबिधि र बिऊ, विजन, बिषादी लगाएत बजारको समेत जानकारी हासिल गर्न पाएकोमा फाइनान्सप्रति आभारी हुदै उक्त तालिमले कृषक महिलाहरुको आर्थिक अवस्थामा परिवर्तन आउने पनि बताए ।

तालिमा ४० जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षण दुप्चेश्वर गाउँपालिकाका कृषि प्राबिधिक निशा कटवालले गर्नु भएको थियो ।