बाग्लुङको दुर्गममा सडक फराकिलो बनाईदैं

807
views

सीताराम थापा
बागलुङ । जिल्लामा करीब २० बर्ष पहिले ट्रयाक खुलेको बागलुङ–कुश्मीशेरा सडकखण्ड कालोपत्रे गर्नका लागि सडक फराकिलो पारिँदै छ ।

हाल बागलुङ जिल्लाको सदरमुकामबाट जैमिनि नगरपालिकाको सदरमुकाम कुश्मिशेरासम्म जोड्ने ट्रयाकलाई फराकिलो बनाएर कालोपत्रे गर्न २० बर्ष लागेपछि आश्चार्यजनक लागेको कुश्मिशेराका जैमिनि नगर मगर समाजका अध्यक्ष तिलक थापाले बताए ।

थापाले भने, “यो सडक यस बाटोका फ्यान लडेर ल्याएको हो, तर बुर्तिवाङ डाडापारी सडकपुग्दा पनि यहाँसम्म सडक निर्माण हुन नसक्दा दक्षिण भेग दुर्गम भएको छ ।’

सडक ल्याउन हाल नगरपालिका, सांसद विकास कोष लगायतको सहयोगले काम शुरु गर्न लागेको नगर उप प्रमुख लिला राना बताउँछन ।

यसको लागि सडक बनाउन र कुश्मीशेरा तर्फबाट झण्डै तीन किलोमिटर यसैबर्ष कालोपत्रे हुँदै गरेको नगर प्रमुख पौडेलले बताए । जिल्ला सदरमुकामबाट नजिक भएपनि २० बर्षमा पनि वर्षा लागेपछि हिडेरै नगर सदरमुकाम धाउनु पर्ने अवस्था अन्त्य गर्न नागरिक समाजको जोडदार माग समेत गर्दै आएका थिए ।