मुम्बईलाई चौथो पटक आईपीएल क्रिकेटको उपाधि

728
views

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । गएराती भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बईले कीर्तिमानी चौथो पटक आईपीएलको उपाधि जितेको हो ।

जितसँगै मुम्बई सर्वा्धिक चार पटक च्याम्पियन बन्दा चेन्नाई सुपर किङ्स तिन उपाधिमै खुम्चियो । खेलमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे । बलिङतर्फ चेन्नाईका दिपक चहरले तीन विकेट लिए भने सार्दुल यादव र इम्रान ताहिरले २–२ विकेट झारे । जवाफमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिएपनि टोलीलाई जिताउन भने सकेनन् । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले दुई विकेट लिए ।