उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

1041
views

काठमाडौं । सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई उप दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई उप दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

श्रेष्ठलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।