चोरी भएका शालिग्राम शिला विधिपूर्वक भित्र्याइयो

1069
views

पर्वत, ३० बैशाख । मोदिवेणी दिव्यधाममबाट गत फागुन ५ गते राती चोरी गरी बरामद गरिएका शालिग्राम शिला आज विधिपुर्वक भित्रयाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका–५ मोदिवेणी स्थित नृसिंह मन्दिरबाट चोरी भएका शिला सहित चोरीमा संलग्न चारजनालाई पक्राउ गरेको थियो ।

बरामद भएका शालिग्राम शिलाहरु पर्वत जिल्ला अदालतमा बुझाइको थियो । अदालतमा बुझाइएका शिलाहरु आज विधिपूर्वक मोदिवेणी दिव्यधाम भित्रयाइएको मोदीवेणी दिव्य धामका सरोकारवाला स्थानीय सुरेश पिसीले बताए ।

बरामद भएका शिलाहरुलाई मोदीवेणी दिव्यधाम भित्र्याउनुपूर्व मन्दिर बनाएर विधिपूर्वक पुजाआज गरी सदरमुकाम कुश्मा बजार परिक्रमा सहित भजनकृतन गरेर दिव्यधाम भित्र्याइएको हो ।

शालिग्राम शिला चोरी घटनामा संलग्नलाई जिल्ला अदालत पर्वतबाट भएको थुनछेक आदेशले पुर्पक्षको लागि जिल्ला कारागार पर्वत चलान गरिएको प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिए ।