नयाँ घर, पहिरोको डर

87
views

महेन्द्र जिसी
पर्वत, १७, वैशाख । साउनको पहिलो सातामा आएको वाढीले बगाएको घर उठेपनि भएपनि जलजला–८ का पहिरो पीडितको मन भने अझै उठेको छै । पहिरो गएको ठाउमाँ घर बनाउँदै गरेका पीडितहरुलाई गएको वर्षायामले त्रास दिएको छ । सोही ठाउँमा घर बनाएका कारण पीडितहरु अबको बर्षायामले पनि यस्तै समस्याको शिकार भईन्छ कि भन्ने त्रास छ ।

विभिन्न दातृ संस्था तथा स्थानीय सरकारको पहलमा भत्किएका घर पुर्न निर्माण गरिएको पनि उचित स्थानको अभावमा पुन पहिरोको डर कायम रहेको हो । पहिरोमा परेर घरसँगै सन्तान गुमाएका पहिरो पीडित ओम बहादुर परियारले घर बनेपनि मनमा भने अझै डर बढेको बताए ।

गएको बाढी पहिरोले नाङलीवाङका दलित वस्तीका २३ घर पुरीएको थियो सोही वस्तीमा अहिले पुननिर्माणको काम भईरहेको छ । यसमा असल छिमेक, अन्तराष्ट्रिय पर्वत समाज तथा स्थानीय सरकारको पहलमा घर पूननिर्माण कार्य भइरहेको हो ।

घर निर्माणमा जुटिरहेकी स्थानीय सन्तु परियारले पनि घर नजिकै विद्युतको पोल भएका कारण थप जोखिम भएको बताउँछिन् । बस्ती नजिकै बग्ने लस्ती खोला र स्थानीय सरकार कार्यन्वयमा आएपछि विस्तार गरीएका सडक सञ्जालका कारण पहिरोको डर बढदै गएको हो ।

खोलाको तटबन्द व्यवस्थापन गर्न नसक्दा र वस्ती स्थानान्त्रणमा तीन तहको सरकारले तदारुपता नदेखाउँदा समस्या भइरहेको स्थानीय सरकारका प्रतिनिधि बताउँछन । वडा अध्यक्ष हरि विकास जिसीले प्रदेश सरकार र केन्द्र सरकारले चासो नदेखाउँदा स्थानीय सरकारले सक्दो प्रयासमा वस्ती पुनस्थापना गराउन सकेको बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले जोखिममा बस्ती रहेको भन्दै स्थानान्त्रणको पहल थालेको भएपनि केन्द्र र प्रदेश सरकारले आवश्यक समन्वय नगर्दा वस्ती पुरानै स्थापनमा बनाउनु परेको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन समयमा तीन करोड भन्दा बढीको स्टमेट तयार पारीएको भएपनि अहीले सम्म केन्द्र सरकार मार्फत सहयोग नहुँदा पहीरो गएकै स्थानमा वस्ती वसाउनु परेको गाउँ पालिका अध्यक्ष याम बहादुर मल्लले बताए । पहिरो गएकै स्थानमा घर निर्माण गराउँदा नयाँ घर बनेपनि त्रास भने घटेको छैन् ।