भरतपुरमा नेत्रहिन क्रिकेट प्रशिक्षण सुरु

1038
views

चितवन, बैशाख ३० । भरतपुरमा आजदेखि नेत्रहिन क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेत्रहिन क्रिकेट संघ नेपालको आयोजनामा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजको खेल मैदानमा सुरुभएको सो कार्यक्रम जेष्ठ ३ गतेसम्म जारी रहने छ ।

कार्यक्रममा चितवन जिल्लाभर छरिएर रहेका क्रिकेट खेल प्रति चासो देखाउने र खेल्न इच्छा राख्ने नेत्रहिनहरुको उपस्थिति रहेको छ ।

खेल राष्ट्रको पहिचान भएको र सोहि पहिचानलाइ थप उचाईमा पुर्याउनको लागि नेत्रहिन क्रिकेटले पनि मद्दत पुर्याउने संघका केन्द्रिय सचिव पर्वतराज बिष्टले बताउनुभयो ।

अथाहा सम्भावना हुदाहुदैपनि अवसरको अभावमा पछि परेका नेत्रहिनहरुलाई यस किसिमको प्रशिक्षणले खेलकुदमा आफ्नो केहि गर्ने इच्छा पुरा गर्नका लागि यस किसिमका कार्यक्रमहरु फलदाही हुने पुराना तथा अनुभबी क्रिकेट खेलाडी सुमन खनालले बतानुभयो ।

उपस्थित सहभागीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा क्रिकेटको राम्रो अनुभब बटुलेका खेलाडीहरूले प्रशिक्षण दिईरहेको कार्यक्रममा प्रचार प्रसार संयोजक भुपराज पाठकले जानकारी दिनुभयो।

“प्रशिक्षणबाट छानिएका उत्कृष्ट खेलाडीहरुलाई केहि समय पछि नै हुन लागेको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सामेल हुने अवसर दिइने पाठकले बताउनुभयो । कार्यक्रममा १६ पुरुष १५ महिला गरि ३१ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।