प्रथम राष्ट्रपति रनिङ शिल्ड एवं मेयर कप प्रतियोगिताको तेकवान्दो फाईनल सकियो

1013
views

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप प्रतियोगिताको तेकवान्दोतर्फको विद्यालय स्तरीय फाईनल खेल सकिएको छ ।

तेकवान्दो खेलको पुरुषतर्फ १८–२२ केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय मा.वि. स्कुलमा अध्ययनरत छात्र समिप थापा प्रथम भएका छन् । द्धितीय सोही विद्यालयका सोनु माझी, तृतिय भवानी विद्यापीठ खानीगाउँका साईल राना भएका छन् ।

तेकवान्दो २४–४८ केजी तौल समुहमा शिशु निकेतन प्रा.वि.का छात्र मन्दीप श्रेष्ठ, द्धितीय मोडल अंग्रेजी आवासिय मा.वि.का सस्विन श्रेष्ठ, शिशु निकेतन प्रा.वि.का प्रवेश चापागाई तृतिय भएका छन् ।

२८–३० केजी तौल समुहमा शिशु निकेतन प्रा.वि.काआरुष सुनार, द्धितिय भवानी विद्यापीठका सञ्जय नेपाली, मोडल अंग्रेजी आवासिय मा.वि.का रञ्जिल घिमिरे तृतिय भएका छन् ।

यस्तै ३०–३२ केजी तौल समुहमा प्रथम शिशु निकेतन प्रा.वि.का दिपेश सुनार, द्धितिय मोडल अंग्रेजी आवासिय मा.वि.का सौगात कुँवर र तृतीय सोही विद्यालयका अजित श्रेष्ठ भएका छन् ।

३४–३६ केजी तौल समुहमा भवानी विद्यापीठ माविका अमित परियार, शिशु निकेतन प्रा.वि.का मौसम थापा द्धितिय र जनता मा.वि. देविस्थानका सफल माझी तृतिय भएका छन् ।

४३–४५ केजी तौल समुहमा जनता माविका अनिश कुँवर, मोडल अंग्रेजी आवासिय माविका मिलन कुँवर द्धितिय भएका छन् ।

यस्तै ५०–५४ केजी तौल समुहमा भवानी विद्यापीठका सन्दिप परियार प्रथम, जनता माविका दिपक परियार द्धितिय र जनता माविकै विजय कुँवर तृतिय भएका छन् ।

५८–६२ केजी तौल समुह माटेदेवल प्राविधक तथा व्यवसायिक मावि मुडिकुवाका अमृत सुनार प्रथम, जनता माविका भिम नेपाली द्धितिय र माटेदेवलकै राम सुनार तृतिय भएका छन् ।

८०–८५ केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय माविका अमित थापा प्रथम, मोडलकै ईम्रोज श्रेष्ठ द्धितिय भएका छन् ।

तेकवान्दो महिलातर्फ १८–२२ केजी तौल समुहमा चन्दनी प्र.वि. देविस्थानकी विनिता कुमाल प्रथम, मोडल अंग्रेजी आवासिय माविका स्वस्तिका क्षेत्री द्धितिय भएका छन् ।

२८–३० केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय माविकी छात्रा विविसा श्रेष्ठ प्रथम, भवानी विद्यापीठका स्मृति सुनार द्धितिय भएका छन् ।

३६–४० केजी तौल समुहमा जनता माविका छात्रा समितिा थापा प्रथम भवानी विद्यापीठका नन्दनी परियार द्धितिय र जनता माविकै प्रतिभा पन्त तृतिय भएका छन् ।

४७–५० केजी तौल समुहमा भवानी विद्यापीठका स्नेहा सुनार प्रथगम, जनता माविकी खुस्वु माझी द्धितिय र भवानी विद्यापीठका रञ्जिता परियार तृतिय भएका छन् ।

तेकवान्दा पुरुषतर्फ १८–२२ केजी तौल समुहका समीप थापा उत्कृष्ठ खेलाडी भएका छन् भने महिला तर्फ २८–३० केजी तौल समुहकी विविसा श्रेष्ठ उत्कृष्ठ भएकी छन् ।