शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता-रोका

828
views

म्याग्दी, ३१ बैशाख । जिल्लाको कालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकलाई प्रथामिकता दिईएको छ । आगामी आर्थिक बर्ष २०७६ र ०७७ मा मालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकलाई दिएर योजना तर्जुमा गर्न लागेको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

जनतालाई सहज रुपमा गुणस्तरीय र निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउन गाउँपालिकाको केन्द्र देखि प्रत्येक वडामा सडक पहुँच विस्तारमा प्राथमिकता दिएको हो ।

समृद्धिको आधार पर्यटन र कृषि भएको मालिकामा पूर्वाधारतर्फ सडक निर्माण र स्तरोन्नतीमा तिव्रता दिएको छ । पर्यटनलाई प्राथमिकता दिदै गाउँपालिकाको प्रमुख पर्यटकियस्थलमा मालिका धुरीमा सडकको ट्याक लगिने काम आरम्भ गरेको हो ।

कृषि, पशुपालन, पर्यटन र खानी लगायतका सम्भावनाहरुको पहिचान, पूर्वाधार निर्माण, सामाजिक जागरण, रोजगारी सिर्जना संगै सार्वजनीक सेवा प्रवाहमा वृद्धी गर्ने योजनामा प्राथमिकतामा रहने गाउँपालिका अध्यक्ष रोकाले हामिलाई बताएका छन् ।

गाउँपालिकाले आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान, सम्भावनाको उजागर, जनसहभागिता, विषयगत कार्यालयको पूर्वाधार निर्माण, विद्यूत र सञ्चारको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, प्रत्येक घरमा खानेपानीको सुबिधा विस्तार संगै गौरवका योजनालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले संघिय र प्रदेश सरकारसंग समन्वय गरेर विकासका योजनाहरु अघि बढाएको उनले जानकारी दिए ।

चालु आर्थिक बर्षमा गाउँपालिकाले केन्द्र देखि हरेक वडा कार्यालय पुग्ने सडकलाई स्तरोन्नती गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । वडा नम्वर १, ५ र ७ मा केन्द्रिय विधुत विस्तारलाई तिव्रता दिइएको छ । गाउँपालिकामा गौरवका योजनालाई प्रभावकारी कार्यान्वयनका लागि दक्ष जनशक्ति तथा प्रविधिकको अभाव, समायोजनले कर्मचारी अभाव र स्पष्ट कानूनको अभाव नै प्रमुख चुनौती रहेको रोकाको भनाई छ ।

वैशाख दोस्रो सातासम्म चालु आर्थिक बर्षमा सञ्चालित ७० प्रतिशत योजना सम्पन्न गरेको मालिकाले बाँकी योजना जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । टुक्रे तथा साना योजना कार्यान्वयनमा उपभोक्ता समिति प्रभावकारी देखिएपनी बजेट गुणस्तरीय काम हुन नसकेको कारण गाउँपालिकाले ठुला योजनालाई ठेक्का मार्फत सञ्चालन गर्ने योजना बनाएको छ ।