दिर्घकालिन योजनालाई समेट्दै अधुरा योजनालाई प्राथमिकता–अर्थमन्त्री

693
views

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६ र ०७७ मा को बजेटमा अधुरा योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ ।

आर्थिक वर्ष २०७६ र ०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनीधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विशेष योजनासहित अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको बताएका छन् । अर्थमन्त्रीले दीर्घकालीन योजनालाई समेत सँगै लिएर जाने बताए ।