अज्ञात समुहले जलायो नगरपालिकाको गाडी

755
views

अछाम, १, जेठ । अछामको मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राती अज्ञात समुहले जलाईदिएिको छ । नगरप्रमुख चढ्ने फोर्ड कम्पनीको बा २ झ ३६९४ नम्बरको गाडी जलाइएको छ ।

राती करिब २ बजेको समयमा गाडीमा भएको आगजनीले गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । नगरपालिकाको कार्यालय अगाडी पार्किङ गरी राखेको उक्त गाडीमा कसले आगजनी गरेको भन्ने खुलेको छैन ।

गाडीमा आगजनी भएको थाहा भएपछि डिएसपी सहित प्रहरी, सेनाका गणपति, नगर उपप्रमुख लगायत कार्यालयमा पुगेपनि गाडी क्षति भइसकेको थियो । एक वर्ष अघि नगरपालिकाले एक करोड २० लाखमा उक्त गाडी खरिद गरेको थियो ।

नगरको कामको सिलसिलामा काठमाडौँ रहेका मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले घटना दुखद भएको भन्दै कुनै गुनासा भए आफुसंग राख्न सकिने भएपनि सार्वजनिक सम्पतिमा आगो लगाउन निन्दनीय भएको बताएका छन् ।