एनआरएनएको उपक्षेत्रिय निर्वाचनमा नुवाकोटका पाण्डे भिड्दै

868
views

नुवाकोट । बेलकोटगढी नगरपालिका बडा नं १३ दाङ्मै, मदानपुरका रामबाबु पाण्डेले आगामी मे १८ र १९ तारिखमा हुन लागेको एनआरएनए अमेरिकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

अमेरीकाको क्यालीफोर्नीया राज्यको एनआरएनए अध्यक्ष भई काम गर्दै आएका पाण्डेले सफल ब्यबसायी तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन् । एनआरएनए लाई सबै गैर आबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकाश गराउनुपर्ने, सबैलाई सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई मतदान गर्नुपर्ने उनले बताए ।

रामबाबु पान्डे समाजसेवामा लाग्दै आएकाले आफु विजयी भए नेपाल र नेपालीको शिर उचो रहनेमा विश्वस्त रहेको बताए ।