‘लखरपाँडे गाईज’ को छायाँङ्कन

697
views

कृष्ण रानाभाट
पोखरा । संयुक्त फिल्स् प्रा.लि.को व्यानरमा धाराबाहिक हाँस्य सिरियल ‘लखरपाँडे गाईज’को छायाँङ्कन पोखरामा सुरु भएको छ ।

प्रेम थापाको कथा÷निर्देशन र छायाङ्कन, सुरज लामाको सह निर्देशन रहेको उक्त सिरियलमा मुक्ती अर्याल मुख्य भूमिकामा रहेका छन् । सुरज लामा, वसन्त थापा, कमल थापा, शेरबहादुर बुढाथोकी, विष्णु भण्डारी, सनबहादुर गुरुङ, प्रेम भुजेल, प्रकृति गुरुङ, संगीता सुनाम, शुस्मिता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

संयुक्त फिल्मस्को प्रस्तुति रहेको उक्त सिरियलको श्रीस साउण्ड एण्ड भिडियो ग्राफी डिबि श्रीस मगरको निर्माणमा बन्ने निर्देशक प्रेम थापाले वताए ।

पोखरा वरपरका दृष्य कैद गरिएको विकृति र विसंगती तर्फ उन्मुख युवा पिडिहरुको लाई जनचेतना मुलक सन्देश वोकेको हाँस्य प्रदान धाराबाहिक सिरियन डिबि श्रीस मगर नामको युट्वमा दर्शकहरुले हेर्न सक्ने छन् ।