सम्पदा गाउँ नुवाकोटको पहिचान

1360
views

-रिना खनाल

२०७२ वैशाख १२ को बिनासकारी भूकम्पले ऐतिहासिक महत्वको नुवाकोट क्षेत्रलाई थिलथिलो बनायो । भूकम्पले नुवाकोट जिल्लाका सबै क्षेत्र तहसनहस बनायो । यो क्षेत्रलाई कसरी पुनर्निर्माण गर्ने भन्नेबारे सरकारको योजना सार्वजनिक भइसकेको थिएन । बिश्व सम्पदा सूचीमा प्रस्तावित क्षेत्रको सांस्कृतिक पहिचानलाई जोगाउदै गाउँलाई कसरी विकास गर्ने भन्ने बारेमा भन्ने केही भेला, बैठक भए । त्यस्ता भेलाबाट नुवाकोट दरवार क्षेत्र र आसपासलाई सांस्कृतिक मौलिकतालाई कायमै राख्ने गरी नमुना बस्तीको रुपमा विकास गर्ने गरी पुनर्निर्माणमा जुट्ने निर्णय भयो ।

सोही निर्णय बमोजिम यो क्षेत्र विकासको यात्रामा लम्किन थालेको छ । त्यो पनि फरक शैलीबाट । यस क्षेत्रलाई सम्पदा बस्तीको रुपमा विकास गर्न सके नुवाकोटको गुमेको पहिचान र चमक फर्कँनेमा कुनै द्धिविधिा छैन । यहाँको कला, संस्कृति यतिबेला आफ्नै प्राचीन शैलीमा फर्कँदैछ । विदुर नगरपालिका र सम्पदा गाउँले यसलाई अभियानकै रुपमा सघाइरहेका छन् ।

सरकारले पनि सम्पदा पुनर्निर्माणको लागि छुट्टै भवन निर्माण संहिता तयार पारिसकेको छ । अब सम्पदा बस्तीमा पर्ने घरको पुनर्निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नैपर्छ ।

सरकारले पनि सम्पदा पुनर्निर्माणको लागि छुट्टै भवन निर्माण संहिता तयार पारिसकेको छ । अब सम्पदा बस्तीमा पर्ने घरको पुनर्निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नैपर्छ । संहिता पालना गर्नेले मात्र सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने तीन लाखको साथमा थप ५० हजार रुपैयाँ पाउनेछन् । नगरपालिकाले अर्को थप रु ४० हजार रुपैयाँ पनि उपलब्ध गराउँछ । अहिलेसम्म वडाको सिफारिसका आधारमा ११० घरधुरीले नगरपालिकाले प्रदान गर्ने यस्तो सुविधा पाइसकेका छन् ।

बसाईँ सरी अन्यत्र जाने क्रम बढ्दा वस्ती विकासको गतिले ओरालो लागेको कारण पर्यटकीय गन्तब्यको रुपमा विकास र बिस्तार हुनुको सट्टा यसका झन् कमी आएको देखिन्छ । सडक सुविधाले यस स्थानलाई मूलधारबाट पाखा लगाउँदै गरेको, सरकारी निकायको ध्यान पनि नपुगेको लगायत कारण यहाँको पुरातात्विक महत्वको गरिमालाई उजिल्याउने साँस्कृतिक तथा ऐतिहासिक बस्ती तथा सम्पदाहरु हराउँदै गरेको यथार्थलाई दृष्टिगत गरी २०७३ वैशाख २८ गतेदेखि सक्रिय समुदायको पहलमा भुकम्पको विनासलाई विकासको अवसरको रुपमा उपयोग गरी समृद्धिको बाटोमा हिँड्ने निधो गर्दै नुवाकोट सम्पदा गाँउको अवधारणा ल्याइयो । सोहीअनुरुप “मौलिक संरचना, साँस्कृतिक पहिचान, एकीकृत पर्यटन, सामाजिक समृद्धिको अभियान” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय नुवाकोटमा २०७३ पुस २६ गते नुवाकोट सम्पदा गाउँ नामक संस्था दर्ता गरियो । त्यस्तै ठूलो घर र सानो घर बीच अन्तरनिहित धनी र गरीबको बिभेद कम गरी सामाजिक सम्बन्धमा सुधार ल्याउनुपर्ने देखियो । यस्तै कारणले दर्ता हुनुअघि समुदाय स्तरको सहभागितालाई बढाउँदै समुदायको मतैक्यताको पहिचानको लागी ११ वटा टोल तथा समुदाय स्तरका बैठक सम्पन्न भएका थिए । सबै समुदायको सक्रियतापूर्वक सहभागितामा उत्साहसाथ अघि बढेको संस्थाको दर्ता हुनुपूर्व आठ पटक प्रारम्भिक बैठक बसेको थियो ।

मध्यकालीन अभिलेखमा नुवाकोटको बर्णन गरिएअनुसार यो बस्ती त्यतिबेलै बढी विकसित रहेको पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटलाई २५ बर्षसम्म शीतकालीन मुलुकको राजधानी बनाए । त्यसबेला नुवाकोट निकै विकसित थियो ।

मध्यकालीन अभिलेखमा नुवाकोटको बर्णन गरिएअनुसार यो बस्ती त्यतिबेलै बढी विकसित रहेको पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटलाई २५ बर्षसम्म शीतकालीन मुलुकको राजधानी बनाए । त्यसबेला नुवाकोट निकै विकसित थियो । मल्लकालीन ईतिहास बोकेको नुवाकोटमा त्यसबेला ऐतिहासिक एवं पूरातात्विक पुनर्जागरणको उभार आएको पाइन्छ । कालान्तरमा आएर यो डाँडो सुख्खा हुँदै गएको प्रस्टै देख्न सकिन्छ । फलतः यहाँका शिक्षित वर्ग, सम्पन्न ब्यापारीहरु अन्यत्रै बसाईँसराईँ क्रम बढ्न थाल्यो ।

काठमाडौं उपत्यका जस्तै नुवाकोटलाई पनि धार्मिक सम्प्रदायको संगमस्थलको रुपमा लिन सकिन्छ । यहाँ अहिले पनि अनेकौँ देवस्थल छन् । चारैतिरबाट किल्लाले घेरिएको यस क्षेत्रमा पुरातात्विक दृष्टिकोणबाट महत्वपूर्ण रहेका अनेकौँ पाटीपौवा, दरवार र साँस्कृतिक सम्पदा छन् । बौद्ध बिहार पनि यहाँ छन् । त्यसैले यो थलोलाई धार्मिक, साँस्कृतिक, ऐतिहासिक र भौगोलिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँका अनेकौँ देवीदेवताका स्थल, पृथक धार्मिक, साँस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरवारहरुले यस ठाउँको गरिमालाई बढाइरहेको छ । यहाँबाट देखिने मनोरम प्राकृतिक दृश्यहरुले त नुवाकोटलाई झनै सिंगारेको छ । मल्लकालीन दरबारहरुका साथ श्री ५ पृथ्वीनारायण शाहद्धारा निर्मित बिशाल कृति साततले दरबार, नजिकका अन्य सामरिक दरबारहरु, मन्दिर, पाटीपौवा, दरवार लगायत सम्पदामध्ये नुवाकोट, डाँडास्थित साततले दरवारको यहाँको पहिचान हो । यो दरवार जति भव्य छ, उत्तिकै आकर्षक पनि ।

पृथ्वीनारायणले काठमाडौँ उपत्यकाका मल्ल राजाहरुको घमण्ड तोड्न सक्षम किल्लाको रुपमा यो दरवार बनाएको मान्यता राखिँदै आएको छ । नुवाकोट दरबार क्षेत्र र त्यस वरपरका मानव बस्ती मौलिक नेपाली शैलीमा निमार्ण गर्ने स्थानीयको लक्ष्य छ । त्यसै अनुरुप बस्ती विकास अघि बढेको छ । यहाँको ऐतिहासिक, साँस्कृतिक छवी जोगाउन गुरुयोजना नै बन्दै गरेको छ । गुरुयोजना तयार गरी सो अनुरुप विकास गर्नका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले बजेटको विनियोजन गरिसकेको छ । लामो समयको प्रयासबाट सहरी विकास मन्त्रालयले ल्याएको सम्पदा बस्ती संरक्षण तथा भवन निर्माण सम्बन्धि मापदण्ड, २०७३ अनुरुप देशभरका सम्पदा बस्तीको निर्माण हुनेछ । यसले अझ उत्साह थपेको छ ।

राजधानीबाट ७५ किलोमिटर पश्चिममा अबस्थित छ, नुवाकोटडाँडा । ऐतिहासिक, साँस्कृतिक र सामरिक महत्वले भरिपूर्ण यो भूमि एक पटक पुग्नै पर्ने गन्तब्य हो ।

सहरी विकास तथा भवन निर्माणका आधारभूत मापदण्डमा संशोधनका साथ मन्त्री परिषद्बाट पास गरेपश्चात २०७३ चैत्र २८ गते राजपत्रमा प्रकाशित गरी सम्पदा बस्तीको प्राबधान थप गर्दै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । राजधानीबाट ७५ किलोमिटर पश्चिममा अबस्थित छ, नुवाकोटडाँडा । ऐतिहासिक, साँस्कृतिक र सामरिक महत्वले भरिपूर्ण यो भूमि एक पटक पुग्नै पर्ने गन्तब्य हो । इतिहास अध्ययन गर्दा लिच्छवीकालीन प्रतापी राजा अंशुवर्माको नुवाकोटसँग विशेष सम्बन्ध थियो । उनी नुवाकोटे ठकुरी थिए । यस हिसाबले पनि उत्तिकै महत्व बोकेको स्थान हो भन्न सकिन्छ । यससंगै भृकुटीको नेपाल चीन घरमाइती गर्ने र वास वस्ने स्थल यसैक्षेत्र हो भन्ने तथ्य धेरैलाई थाहा छैन ।

विदुर—भैरवी सडक चौडा गर्नुपर्ने बाध्यता एकातिर रहँदा यहाँका बस्ती वस्तीविहन, निर्जन, उजाड र अस्तब्यस्त बन्ने चिन्ता अर्कोतिर बढेर गएको थियो । सोहीअनुरुप सम्पदा गाउँको अवधारणा आएसँगै यस स्थानको संरक्षण गर्न मद्दत पुगेको छ । २५ बर्षसम्म देशको राजधानी भएको स्थान २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा पश्चिम १ नम्बर नुवाकोट टुक्रिएर नुवाकोट, धादिङ र रसुवा जिल्लामा परिणत भयो ।

नुवाकोट दरबार क्षेत्रमा रहको सदरमुकाम वि.सं. २०२८ सालमा लुटिएको शैलीमा सदरमुकाम विदुरमा सारिएपछि त विस्तारै यो क्षेत्र ओझेलमा पर्दै गयो । भनिन्छ नि विनासले विकास निम्त्याउँछ । सम्पदा गाँउका अभियन्ता तथा पर्यटन प्रवद्र्धक सुमन पाण्डेले नुवाकोटलाई नेपाल–चीन–भारतको करिडोरको रुपमा बिकास गर्न सक्ने बताउँछन् । उनका अनुसार त्रिशुली नदीमा ¥याफ्टिङ, ककनीमा रमाइलो लिनुका साथै छहरा छाँगारोहण गर्न र दरवार परिसरबाट प्याराग्लाइडिङ नुवाकोट उपयूक्त थलो भन्ने सम्भावना पनि उत्तिकै छ ।

गणेश हिमाल र लाङटाङ पदमार्ग नुवाकोट हुँदै सुरु हुन्छ । यिनै कारण यस क्षेत्रको आर्थिक र अन्य विकासमा टेवा पुग्ने पाण्डेको विश्वास छ । राजधानीबाट नजिक रहेकाले नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तब्य स्थल बन्नेमा कुनै सन्देह छैन । नुवाकोट लिच्छवी, मल्ल र शाहबंशद्धारा शासित रहँदा यो क्षेत्रले राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक दृष्टिकोणबाट समेत उचाइ कायम गरेको छ । आजको आधुनिक युगका संरचनाहरुलाई समेत चुनौति दिन सक्ने पौराणिक वास्तुकलाले सजिएको संरचनाहरु रहेको बताउँछन् सम्पदा गाउँका अध्यक्ष पुष्कर शर्मा रिमाल । सार्वजनिक सुनुवाइको आयोजना, सडकको मापदण्ड निर्धारण, जिल्लास्तरीय राजनीतिक दलसहितको अवलोकन भ्रमण तथा अन्तक्र्रिया गरेर, यसको गुरुयोजना तयार गरी सोही अनुसार नै यहाँको विकास गर्न सकिने बारे अध्ययन भइरहेको उनले बताए । सम्भावनाहरु थेरै छन् केवल पहिल्याउन र त्यसलाई सदुपयोग गर्न सके नुवाकोटको भविष्य उज्ज्वल देख्छन् उनी ।

सांच्चै नै अन्तर्राष्र्टि«य मार्गको रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाण्डौँ मार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमी प्रयोगमा आउने कारण नुवाकोटको भविश्य उज्ज्वल देखिन्छ । सम्पदा वस्तीमा मापदण्डअनुसार निर्माण हुने घरलाई थप अनुदानको ब्यवस्था गर्न पहल गर्ने, सम्पदा बस्ती क्षेत्रको एकीकृत विकास गुरुयोजना निर्माण गर्ने, बसपार्कलाई व्यवस्थित बनाउने, साँस्कृतिक पार्क निर्माण गर्ने, घरहरुमा पहिचान झल्काउन घर नम्बरिङ गर्दै पहिचान झण्डा राख्ने, स्थानीयकोे सहभागितामा होमस्टे (घरवास) समितिको पुनर्गठन गर्दै उनीहरुको सक्रिय बढाउने लगायत कार्यक्रम अघि सारिएको छ ।

विभिन्न संघ संस्थासँगको समन्वयमा बाल उद्यानको निर्माण गर्ने, पिकनिक स्पटको पूर्वाधार विकास गर्ने, सडकहरुमा सोलार बत्तीको ब्यवस्था गर्ने, अन्य मठ मन्दिर तथा साँस्कृतिक सम्पदाहरुको पुननिर्माण तथा मर्मत सम्भार गर्ने जस्ता योजनासमेत रहेको अध्यक्ष शर्मा बताउँछन् । सबैको साथ र हातेमालोद्धारा उल्लेखित काम गर्न सकिन्छ । बन्दिपुर र घलेगाँउ स्थानीयकै साथ र सहयोगले पर्यटकीय गन्तव्यका रुपमा चर्चित बनेका हुन् । यो तथ्य नुवाकोटका स्थानीयले पनि बुझ्नु जरुरी छ ।

यहाँका ऐतिहासिक र साँस्कृतिक धरोहरहरुलाई विनासकारी भूकम्पले केही क्षति पु¥याए पनि त्यसको अस्तित्व नै सखाप भइसकेको भने होइन । थुप्रै सम्पदाहरु अझै संरक्षण गर्न सकिन्छ । हाम्रा पूर्खाहरुको आर्जन यस्ता ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन गर्न स्थानीय, सरकारी र गैरसरकारी निकायको सक्रियता आवश्यक छ ।

यहाँका ऐतिहासिक र साँस्कृतिक धरोहरहरुलाई विनासकारी भूकम्पले केही क्षति पु¥याए पनि त्यसको अस्तित्व नै सखाप भइसकेको भने होइन । थुप्रै सम्पदाहरु अझै संरक्षण गर्न सकिन्छ । हाम्रा पूर्खाहरुको आर्जन यस्ता ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन गर्न स्थानीय, सरकारी र गैरसरकारी निकायको सक्रियता आवश्यक छ । जिल्लाको उत्थानका लागि सामूहिक योगदान गर्ने प्रतिबद्धतामा कमी आउन दिनु हुँदैन । यसलाई गम्भिरतापूर्वक सोच्ने कामको थालनी गर्न बिलम्ब भइसकेको छ । ऐतिहासिक छवी जोगाउन त्यति सजिलो भने छैन । यसलाई नास हुन नदिन सबै सचेत हुनुपर्ने बेला आएको छ वडा अध्यक्ष बिरेन्द्र कुमार शाही चिन्ता ब्यक्त गर्छन् ।

नुवाकोटको दरवार क्षेत्रका गाँउ बिस्तारै तंग्रिदै छन् । यहाँका गाँउ नमुना बस्तिका रुपमा विस्तारै उठिरहेका छन् । विकास निर्माण र पूर्वाधारका कामहरु तीव्र गतिमा भइरहेका छन् । नेपाल सरकार र चीनीयाँ सरकार बीच भएको सम्झौता अनुसार नुवाकोट दरबार क्षेत्रका ७ वटा ठूला सम्पदाहरुको निर्माणको समाचारले स्थानीय जनसमुदायमा झन उत्साह र खुशीको लहर ल्याएको छ । मल्लकालीन तथा शाहकालीन समयका पूरातात्विक सम्पदाहरु रहेको कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने देखिँदा मौलिक सम्पदाको अविलम्ब पुनर्निर्माणमा स्थानिय, संघसंस्था, स्थानीय तहका साथै सरकारी सक्रियता उत्तिकै आवश्यक छ । नुवाकोटलाई सम्पदा गाउँको रुपमा विकसित गर्न सके यसको नाम मुलुकमै उच्च रहनेछ ।