हेमजा साहित्य प्रतिष्ठानको कविता प्रतियोगिता

877
views

गोबिन्द तिमिल्सिना
हेमजा, ५, जेठ । हेमजा साहित्य प्रतिष्ठानले २५६३ औ बुद्ध जयन्तीको अबसरमा आयोजित कबिता प्रतियोगिता तथा १९३ औं शुभप्रभात काब्यमाला शनिबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र पत्रकार सघं कास्कीका अध्यक्ष असफल गौतमले आफुले सिकेका कुरा अरुलाई सिकाउन आग्रह गर्दै सिकेको सिपलाई ब्यबाहारमा लागु गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाकार टेकनाथ गौतमले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्दै नगद दश हजार सहयोग गरे । प्रतिष्ठानकी सल्लाकार छन्दिका त्रिपाठीले बुद्धका सिद्धान्त बाचन गरेको कार्यक्रममा सल्लाहकार कोबिदशरण उपाध्याय, पोखरा २५ हेमजा महिला सञ्जाल अध्यक्ष रमा त्रिपाठी, केफ मा.बि. का शिक्षक अमृत पौडेल र ज्ञानसरोबर एकेडेमीका शैक्षिक निर्देशक भरतराज अधिकारीले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए ।

काब्यमालामा झलक कुँवर, पोषराज पौडेल, गोबिन्द पराजुली, बिष्णु पराजुली, कृष्णप्रसाद पौडेल र छन्दिका त्रिपाठीले आफनो रचना बाचन गरेका थिए । कार्यक्रममा भएको कविता बाचन प्रतियोगितामा प्रथम ज्ञानसरोबर एकेडेमीकी अदिती बाँस्तोला, दितिय केफ मा.बिकी जागृती अधिकारी र तृतिय ज्ञानसरोबर एकेडेमीकी जेनिशा बि.क हुनसफल भएका छन ।

सो अबसरमा यहि बैशाख ७ गते भएको कबिता लेखन प्रतियोगिताको नतिजा पनि प्रकासित गरियो । प्रतियोगितामा प्रथम ज्ञानसरोबर एकेडेमीकी सम्पदा त्रिपाठी, दितिय भारति भबन मा.बिकी स्मृती अधिकारी, तृतिय ज्ञानसरोबर एकेडेमीकी श्रृङखला त्रिपाठी, सान्तवना ज्ञानसरोबर एकेडेमीकी प्रितिका बाँस्तोला र केफ मा.वि.की विनिता पौडेल भएका थिए । कार्यक्रममा साहित्यकार छन्दमणि त्रिपाठी र सिब त्रिपाठी निर्णायक थिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव बलराम पौडेलले स्वगत र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।