ट्रयाक शुट वितरण

669
views

पोखरा,७, जेठ । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्ति उदय मा.वि.बरपाण्डेथुम कास्कीले ट्रयाक शुट वितरणसँगै वृक्षारोपण गरेको छ । सर्वसुलभ र गुणस्तरीय शिक्षामा हाम्रो हातेमालो भन्ने नाराका साथ भूपू विद्यार्थी मञ्चको सकृयतामा विद्यालयका १८० बढी विद्यार्थीहरुलाई निशुल्क ट्रयाक शुट वितरण गरिएको हो ।

ट्रयाक शुट वितरण गर्दै विव्यस अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले शान्ति उदय मा.वि.ले कास्की जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए ।

भूपू विधार्थी मञ्चका अध्यक्ष मोति भुजेलले विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै वर्तमान अवस्थामा आइपुगेको चर्चा गर्दै यस अवस्थासम्म ल्याइपु¥याउन योगदान गर्ने सम्पूर्ण अभिभावक तथा शिक्षासेवीको योगदान प्रशंसनीय भएको तथा ऐतिहासिक गरिमा र उच्चतालाई कायम गराउन यस क्षेत्रका अभिभावक एवम् शिक्षासेवीको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको वताए ।

विद्यालयका शिक्षक वेदनाथ आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राचार्य टेकनारायण गिरी, भूपू विधार्थी मञ्चका पदाधिकारीहरु, विद्यालयका, शिक्षक, अभिभावक, विधार्थीहरु लगायतले सबैको सकारात्मक चिन्तन एवम् सहयोग अपरिहार्य हुनेमा जोड दिएका थिए । ट्रयाक शुट वितरण पश्चात विभिन्न जातका वृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ ।