फिर्केमा डोजर नचलाउन महानगरलाई अन्तरिम आदेश

1586
views

कृष्ण रानाभाट
पोखरा । पोखराको मध्य भागमा रहेका फिर्के, बुलौदी र बंग्लादी खोल्सा वरीपरी डोजर नचलाउन उच्च अदालत पोखराबाट पोखरा महानगरपालिकालाई सोमबार उत्प्रेषण मिश्रित परमादेशको अन्तरीम आदेश जारी गरेको छ ।

अदालतको आदेशमा भनिएको छ ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने हो ? जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नु’ ।

पोखरा महानगरपलिकाले फिर्के खोल्सा र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको भन्दै २०७६ जेठ ५ गते फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायण विक्रम शाही, मधुसुधन कोईराला, प्रकाश कोईराला, सरिता देवकोटा लगाएतले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका थिए ।

सो मुद्दामा माननीय न्यायाधिश जगतप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाई हुँदा पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश गर्दै दुवैपक्ष विच छलफल गर्नुपर्ने देखिएकाले जेठ १३ गते सम्म निवेदकहरुको घरजग्गामा तत्काल डोजर लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा आदेश जारी गरेकोे हो । सरोकार समितिको तर्पmबाट अधिवक्ता हिमलाल पराजुलीले वहस गरेका फिर्के संरक्षण तथा मापदण्ड सरोकार समिति कास्कीका सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) ले वताए ।