२४ औं पटक सर्वोच्च शिखरमा कामिरिता शेर्पा

516
views

काठमाडौं, ७, जेठ । कामिरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । शेर्पा मंगलबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनको यो २४ औं सफल आरोहण हो ।

सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान यसअघि नै आफ्नो नाममा कायम गरिसकेका छन् । एक साता अघिमात्र उनी २३ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए । २५ पटक सगरमाथाको शिखरमा पुगेर आरोहण यात्राबाट विश्राम लिने उनको योजना छ ।

पर्यटन विभाग स्रोतका अनुसार कामिरिता मंगलबार बिहान ६ः३८ मा सगरमाथाको शिखरमा पुगेका हुन् ।