जिप र मोटरसाईकल ठोक्किदा एकजना गम्भिर घाईते

2283
views

पर्वत, ७, जेठ । कटुवा चौपारीमा जीपले मोटर साईकललाई ठक्कर दिंदा मोटर साईकल चालक गम्भिर घाईते भएका छन् ।

थापाठाना देखी कुश्मा आउँदै गरेको ग १ ज ५५१४ जिपले ध १ प १६७० नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सूसिल पाण्डे गम्भिर घाईते भएका हुन् । फलेवास नगरपालिका वडा नं. ७ लिमिठानाका रहेको ट्राफिक प्रहरी हवल्दार राजकूमार कँवरले जानकारी दिए ।

जिप चालक धुर्व पून प्रहरी नियन्त्रणमा रहेका छन् । घाईतेको पर्वत अस्पतालमा सामान्य उपचार गरि पोखरा लगिएको छ । उनको खुट्टा र हातमा गम्भिर चोट लागेको छ ।