क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन बुटवलमा

907
views

बुटवल । क्रान्तिकारी पत्रकार महासंघले यहि जेठ १६ र १७ गते बुटवल गर्ने राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले उद्घाटन गर्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउतले जानकारी दिए ।

क्रान्तिकारी पत्रकारहरुको ऐतिहासिक सम्मेलनमा देशभरबाट दुई सयबढी प्रतिनिधिहरुको सहभागीता रहने सचिव रामकुमार श्रेष्ठले बताए ।

सम्मेलन पूर्व क्रान्तिकारी पत्रकार महासंघले ६ वटै प्रदेशमा प्रदेश भेला गरेको र कतिपय जिल्लाहरुमा जिल्ला भेला समेत गरिसकेको छ ।

सम्मेलनमा जिल्ला र प्रदेशबाट ३ र ३ जना प्रतिनिधि र २ र २ पर्यवेक्षक छनौट गरेको छ । प्रदेशहरुमा भने महासंघले पेशागत र जनअधिकारका मुद्दाहरुलाई लिएर मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र समेत बुझाएको छ ।