१५ खर्बको बजेट आउँदै

494
views

काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्ष २०७६ र ०७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले साढे १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्दैछन् । अर्थमन्त्रीले वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका हुन् ।

सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव बृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरु बजेटमा घोषणा गरिँदैछन् ।

स्रोतका अनुसार बजेटको आकार साढे १५ खर्ब हाराहारी हुनेछ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । अर्थ मन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता एक हजार रुपैयाँसम्म वृद्धि गर्ने टुंगो लागेको छ।

तीन वर्षयता नबढेको कर्मचारीको तलब पनि आगामी आर्थिक वर्षमा वृद्धि हुने भएको छ । कर्मचारीको तलब २०–२५ प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ ।