गणतन्त्र नेपाल कुहिरोमा हराएको काग

58
views

सीताराम थापा
विश्व क्रान्ति र गणतन्त्रः बिश्वमा सामान्तवाद साम्राज्यवाद क्रान्ति मध्ये १७८९ मा भएको फ्रान्सेली क्रान्तिलाई महत्वपुर्ण र प्रेरणादायि पूँजिवादी क्रान्ति मान्न सकिन्छ । यसले स्वतन्त्रता, समानता, र भाईचाराको सवाललाई एउटा सम्बोधन गर्दै सामान्तवादी निरंकुशता बिरुद्व बिगुल फुकेको विश्व ईतिहासलाई बुझ्न सकिन्छ । जसले विश्व प्रगतिशिल राजनीतिलाई प्रभावित बनाएर १७९२ मा फ्रान्समा प्रथम गणतन्त्र स्थापना गर्न सफलता प्राप्त भयो । त्यहाँ दुईपटक गणतन्त्रको आगमनपछि एकाधिकारवादी राजतन्त्र पुनआगमन भयो । त्यहाँका जनताको धारीलो चेतना र अभ्यासले ठुला संघर्ष बाट पुनः पाचौ जनगणतन्त्र चलायमान भई खुल्ला, समाबेशी र शुसासनमुखि संरचना निर्माणको अभियान सुचालित छ ।

नेपाली पृष्ठभुमिः नेपालले आज १२ औ गणतन्त्र दिवस मनाईरहेको छ । नेपालमा सिद्धान्तत गणतन्त्र प्राप्तिको लागि राणा, पञ्चायति, राजाबादी बहुदल बिरुद्व संघर्ष र आन्दोलन ऐतिहाँसिक पृष्ठभुमि हो । जनताको बलिदानिपुर्ण आन्दोलनको प्रकृयाले लाकतान्त्रिक गणतन्त्र सहितको राज्यको परिकल्पना साकार पार्ने प्रकृयाको रुपमा बुझ्न सकिन्छ । मुलतः २०६२ र ०६३ को एतिहासिक जन–आन्दोलन र १० बर्षे सशस्त्र जनयुद्दको संमायोजनबाट तानाशाही राजतन्त्रलाई अन्त्य गरि संविधान सभा मार्फत संघिय, लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । गणतन्त्र प्राप्तिका निमित्त सहादत प्राप्त गर्नुहुने ति ती महान विर सहिदहरु, घाईते, द्वन्दपीडित, योद्धाहरुको बलिदानले गणतन्त्रको हस्तान्तरण भएको थियो । गणतन्त्र स्थापनार्थ नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना र योगदानको पृष्ठभुमि महत्वपुर्ण छ । किनकि नेपाली कम्युनिष्ट आन्दोलन झापा बिद्रोह हुँदै लोकतान्त्रिक आन्दोलनको फ्युजनबाट तानाशाही राणा देखि राजा हटाउन क्रान्तिपुर्ण संलग्नता थियो । यद्यपी १० बर्षे जनयुद्व झनै तल्लो बर्गको कम्युनिष्टहरुको बलिदान बिना सम्भव थिएन ।

यद्यपी लोकतान्त्रिक गणतन्त्र ल्याउन लोकतान्त्रिक दलको पनि सहभागिता र स्विकार्यताको भुमिका पनि उति नै महत्व रहेको छ । सशस्त्र जनयुद्व र १२ बुंदे दिल्ली सम्झौता तथा शान्ति सम्झौताबाट राजतन्त्र हटाउने लोकतान्त्रिक गणतन्त्रको जग भई आन्तरिम संविधान समेत निर्माण गरीएको सत्य हो । गणतन्त्रमा नयाँ संरचना निर्माण शान्ति सम्झौतासंगै राजा हटेपछि अस्थाई रुपमा नयाँ संरचना निर्माण भयो । आन्तरिक संविधानको भावना अनुरुप राजतन्त्र हटाएपछि २ पटक संविधान सभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भयो । नेपाली जनताको लागि निकै खर्चालु युद्व र संविधान निर्माणले पाएको नयाँ स्वरुव संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र उपलब्धिको रुपमा स्थापना भयो । यसले तीन तहको सरकार लागू गरी हालसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई लागू गर्ने प्रयत्न भएको छ । गणतन्त्र प्राप्तिको नयाँ संघीय संरचना नेपालका लागि अझै संक्रमणकालीन अवस्था र कार्यान्वयनको चरणमै रहेको आभास हुन्छ, जस्ले जनतालाई त्तकाल प्रतिफल दिन कठिन भयको महशुस गरिएकोले दलहरु, जनता, नागरिक समाज र सरकार समेत नयाँ संरचना कार्यान्वयनमा १२ औ गणतन्त्र दिवस मनमईरहँदा पनि कुहिराको काग जस्तो अलमल हुँदै प्रगतिपथमा अघि बढिरहेको विश्लेषण गरिन्छ । नयाँ संरचना निर्माणमा नेपालको आन्तरिक र बाह्य प्रभावले खेलेको सकरात्मक नकरात्मक भुमिकाले पनी उत्तिकै प्रभावित बनाएको छ । संविधान निर्माणमा धेरै बिचार विमर्श र बहसहरु भए । विभिन्न विचारधाराको समायोजनबाट दक्षीण एसियाकै उत्कृष्ट संविधान मात्र नभएर संविधानको रहेको छ ।

संघीयतामाथि प्रश्न चिन्ह पैदा हुनु, संघीयताले स्वायत्तता प्रदान गरि स्थानिय निर्णायक भुमिकाको स्वामित्व हुनु, संघीयता खर्च र सुशासनमाथि प्रश्न सृजित हुनु संघीयताको सवाल बनेको छ ।

एक समीक्षाः नेपालमा जनताको लामो बलिदाीनपुर्ण संघर्ष र सहिदको तातो र आलो रगतले सिञ्चियर आज गणतन्त्र दिवस मनाउन पाएका छन । देशमा करीब दशकौ देखि संविधान र लोकतान्त्रिक गणतन्त्र सहितको राज्य पुनसंरचनाको बहस भइरहेको छ । यसले विभिन्न मत, अभिमत सृजना गरेको छ । संघीयतामाथि प्रश्न चिन्ह पैदा हुनु, संघीयताले स्वायत्तता प्रदान गरि स्थानिय निर्णायक भुमिकाको स्वामित्व हुनु, संघीयता खर्च र सुशासनमाथि प्रश्न सृजित हुनु संघीयताको सवाल बनेको छ । धर्म निरपेक्षता र स्वतन्त्रता प्राप्ति भएको छ यद्यपि राजनीतिमा धर्म मिश्रित गरिनु, बाह्य कृश्चियन धर्म आगमनको प्रश्न पनि पैदा भएको छ । लोकतान्त्रिक गणतन्त्रले लामो समयको दास, सामन्ती सत्ता र एकाधिकारवादको अन्त्य भएको छ । तानाशाही राजतन्त्रको उन्मुलन गरि संविधान भन्दामाथि रहेर राज गरिरहेको राजा प्रजाको सामान्ति शासन ढलेको छ । राजनीतिक, धार्मिक र लोकतान्त्रिक स्वतन्त्रता संविधानले प्रत्याभुत गरेको छ । खुल्ला लोक गणराज्यले स्वतन्त्रता स्वाधिनता र समानता समावेशिताको परिकल्पना गरेको छ । उक्त संबैधानिक हक अधिकार सुनिश्चित गरि जनतालाई शान्ति र समृद्विको समेत अभ्यासको सवाल बनिरहनु लोकतान्त्रिक गणतन्त्र आफैमा ठुलो उपलब्धि बनेको छ ।

टिप्पणिः संघीयता, लोकतन्त्र गणतन्त्र, धर्म्निरपेशता र समावेशी राज्यको अभ्यासले नयाँ संरचनाले अधिकार प्राप्त गरेको छ । यद्यपि १२ औ गणतन्त्र दिवस मनाइरहँदा जनतामा अझै असन्तोष र विभिन्न अधिकार प्राप्तिका लागि संघर्ष जारी छ । सत्ता र शक्तिले गणतन्त्रलाई परिवर्तनको संवाहक बनाउन प्रशिक्षण पैदा भएको बताईन्छ । संघीय लाकतान्त्रिक गणतन्त्रको सरकार सञ्चालन अझै आशातित परिणाममुखि बनाउने नवीन अभ्यासमा चुनौति थपिएको छ । अहिले प्रदेशको आवश्यकता र स्थानिय सरकारको सुशासनमा प्रश्न उठेको छ । अझै अति गरिब र बिपन्न जनताहरुको जीवनमा ठुलो रुपान्तरणको अपेक्षा गरिरहेका छन । संविधान संशोधनको सवाल पनि विभिन्न ढंगबाट उठिरहेको छ । प्राप्त गणतन्त्रमा पुनः यथास्थितीवादीहरुको चलखेल जारी छ । अर्काेतिर पुनः सशस्त्र द्वन्द्वको पुनरावृत्तिको संकेत पैदा भएका छन । उल्लेखित संभावना र चुनौतिलाई सरकार र परिवर्तनकामी दलहरुले प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको आमुल रुपान्तरण गर्न मद्धत पुग्नुपर्ने छ, हैन भने कुहिराको काग झै अलमल हुने सुनिश्चित छ शुभकामना ।

लेखक सामाजिक अभियान्ता हुन ।