आर्थिक वर्ष २०७६ र ७७ का लागि साढे १५ खर्बको बजेट सार्वजनिक

1092
views

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ र ७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सार्वजनिक गरेका छन् । 

जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ । १५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ र ७७ का लागि बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाको लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

यस्तै कृषिमा ६४ अर्ब ८० करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व, जेष्ठ नागरिक तथा वृद्ध भत्ता दुईहजारबाट बढाएर मासिक ३ हजार पुर्याइएको बताए ।

बुढीगण्डकी जल विद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड, पूर्व पश्चिम राजमार्ग निर्माणका लागि १९ अर्ब १८ करोड शिक्षामा १ खर्व ६३ अर्व बजेट विनियोजन गरेको बताए । सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने समेत जानकारी दिए ।

सरकारले यातायात व्यवस्थापन शीर्षकको लागि आगामी आर्थिक वर्षमा १ अर्ब ५३ करोडको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सरकारले यातायातको व्यवस्थापनमा विशेष प्राथमिकता दिएको बताए ।

सरकारले सांसदहरुलाई ६ करोड दिने भएको छ । स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए । त्यसको लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ ।आगामी आर्थिक वर्षमा सरकारले युवाहरुको क्षमता विकासको विशेष प्राथमिकता दिएको बताए ।

यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अरव ७४ करोड बजेट विनियोजन गरेको छ । सो क्षेत्रमा ११ अरव ७४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरेको छ । सबै जिल्लामा स्वास्थ्य विमा संञ्चालनका लागि ६ अर्ब विनियोजन, विपन्न नागरिकलाई ८ प्रकारका जटिल रोगको उपचारका लागि २ अर्ब २० करोड, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्चका लागि २ अर्ब २२ करोड, बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब, महिला स्वास्थ्य सेविकाका लागि बार्षिक ३ हजार यातायात खर्च दिने गरि १५ करोड, सिकलसेल एनिमियाका लागि विशेष कार्यक्रम संचालन गर्न बजेट छुट्याईएको छ । स्वास्थ्य सम्बन्धी साझेदारी कार्यक्रमका लागि १ अर्ब रुपैया, आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा उपलब्ध गराउन स्थानीय तहको सहभागीतामा स्वास्थ्य संस्था निर्माण गर्न ५ अर्ब र न्युनतम स्वास्थ्य पुर्वाधारका लागि ६ अर्ब रुपैया विनियोजन गरेको छ ।

विशिष्टीकृत स्वास्थ्य सेवाका लागि कोशी, भरतपुर, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अंचल र डडेलधुरा अंचल अस्पतालको स्तरोन्नती गर्न १ अर्ब रुपैया विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए । यस्तै राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न ४० करोड रुपैया विनियोजन गरिएको छ ।

सरकारले राष्ट्रसेवक कर्मचारीको तलब २० प्रतिशतसम्म बढाएको छ। राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकअन्तर्गत राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरिएको बताए । सरकारले उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो ।

यस्तै सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको छ भने खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ।