पोखरा लेखनाथको रोकिएको मतगणना आजबाट पूनः सुरु हुने

681
views

पोखरा, ८, जेष्ठ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुचारू हुन लागेको छ । विवादित वडा नम्बर १७ को बाहेक गणना गर्ने सहमति दलहरूले गरेका हुन् ।
दिउँसो १ बजेबाट गणना गर्ने तयारीमा आफूहरू जुटेको जानकारी निर्वाचन अधिकारी नागेन्द्रलाल कर्णले जानकारी दिए । आज सोमबार बिहान मतगणना विवाद सुल्झाउन बैठक बसेको थियो ।
१७ नम्बर वडाका मत पत्रमा ठूलो र सानो आकारको स्वस्तिक छाप देखिएपछि विवाद हुँदा शनिबारदेखि मतगणना रोकिएको थियो । निर्वाचन आयोगले दुवैथरी स्वस्तिक प्रयोग भएको जनाएको छ । दलहरूले मतदान सुरू गर्नुअघि स्वस्तिक छापको मुचुल्का उठाए, नउठाएको बारे छानबिन गर्ने सहमति पनि गरेका छन् । अहिलेसम्म पोखराका १५ वडाको नतिजा आइसकेको छ । अब १६, १८ र १९ को गणना हुनेछ ।