राज्यको ढुकुटी कुम्ल्याउने मात्र खुसी

177
views

-वुद्ध पौडेल
हुन त राज्य चलाउनेका भाषण र विपक्षका भाषण सुन्दा दुवै पक्षका कुरा साह्रै मीठो लाग्ने हुनाले त हामी नेपाली अहिलेसम्म भुमरीमा परिरहेछौ । न त राज्यले फड्को मार्न सक्यो न त जनाताले नै सुखः शान्तिसंग बस्ने वातावरण भयो । देश लुटिएको छ पालैपालो कहिले दाईको पालो कहिले भाउजुको पालो भने जसरी जनताको कुनै वास्ता छैन । आफ्नो भुँडि भर्न पाए हुने राज्य चलाउने मुन्छे हरुलाई यो आजको मात्र परिपाटी होईन हिजोबाट नै चल्दै आएको परिपाटी हो । जसले गर्दा आम नेपालीमा एउटा निराशको वातावरण सिर्जना भएको छ । खुशी त अहिले राज्यमा ती मान्छेहरु मात्र छन् जसले राज्यको ढुकुटीलाई कुम्ल्याउन पाएका छन् ।

देश एउटा ठेक्कापट्टा गर्ने थलोको रुपमा परिचित जस्तै भयो जसको पालो आउँछ उसले भोगचलन गर्ने अनि छाडिदिने न त इतिहासलाई राज्यको भविष्यको चिन्ता भयो न त वर्तमानलाई भविष्यको चिन्तानै । जताततै नकारात्मक समाचार मात्र सुनिन्छ सकारात्मक समाचार एउटा सुन्न पाईने होइन अव त साँच्चै यस्तो लाग्न थाल्यो कि नेपाल सतिले सरापेको देश हो की अहिले सम्म देशले राम्रो मान्छे पाउन नसकेको हो । यो कुरा वुझ्न निकै गाह्रो भएको छ । राज्यको पावर तिनिहरुसंग छ जस्ले राज्यलाई लुटिरहेका छन् ।

तर त्यो भिडमा केही काम गर्ने राज्यका हस्तीहरु छन् तर कहिलेसम्म ठाउँदिने त्यो रवी लामिछाने सहि पत्रकारीता अनि कहिलेसम्म लडिरहने त्यो कुलमान घिसिङ एक्लै उज्यालो नेपाल बनाउन भनेर । अनि कहिलेसम्म धुर्मुस, सुन्तलीले राज्यलाई विश्वमा चिनाउने काम गरिदिने । अचम्मको कुरा त तिनी मान्छेलाई लान्छना लगाईन्छ । यस्तै तिनीहरुलाई वाहिर राख्न खोजिन्छ र उनीहरुको चरित्र हत्या गर्न खोजिन्छ । राज्यको पावरवाला मान्छेको आडमा अनि कसरी वन्नु समृद्ध नेपाल अनि कसरी सकिन्छ समृद्धीको थालनी गर्न । र केहिदिन अगाडि भरतपुरमा घटेको घटनाले मन कटक्क खायो । एउटा मरेको लासमा त राजनीति गर्ने राज्यका मान्छे हौँ । हाम्रा सिताराम जी तपाईले त विश्वमा नेपाललाई चिनाउने कामको थालनी गर्नुभएको छ । भनिन्छ नि जुन रुखमा मीठो फल फल्छ त्यसमा धेरै ढुङ्गा लाग्ने गर्दछ त्यसकारण तपाई लाई सम्पुर्ण नेपालीहरुको सहयोग छ । यसैले आफ्नो काम लाई ढुक्क भएर सुचारु गर्नु तपाईको लक्ष्य अवश्य पुरा हुनेछ ।

जसरी एउटा कार्यालयको कर्मचारीलाई ६० वर्ष पुगेपछि सम्मानको साथ विदाई गरिन्छ त्यसरी नै ६० वर्ष उमेर पुगेका नेतालाई स–सम्मानका साथ विदाई गरेर युवाहरुले राज्य सञ्चालन गर्नुपर्छ ।

अझ सम्मको कुरा त के छ भने पि.एच.डि. गरेका युवाहरु कोरिया जाने फर्म लिएर लाईनमा उभिएका छन् तर संसद बैठक ल्याप्चे लगाउने र पावरवाला चस्मा लगाउने वहुमतले भरिएको छ न त उनीहरुसंग कुनै किसिमको भिजन छ न त कुनै किसिमको उद्देश्य छ यस्तो अवस्थामा खै कसरी राज्यले फड्को मार्ला र पढेलेखेका युवाहरु विदेशी भुमिमा आफ्नो कर्म गरेका छन् तर राज्यको भविष्य निर्माण गर्ने मानिस विभिन्न कोटाको नाम लिएर जस्ता मानिस पनि समावेश गरेर संसद भवन भरिएको छ । यस्तै सवै मानिसलाई एउटाको इशारामा घुमाईएको हुन्छ । हाम्रो इतिहासले राज्यको नियम बनाई दिएको छ । एउटा युवाले देशको सेवा गर्छु भन्दा उस्ले कयौँ लेवलका सर्टिफिकेट पेश गरेर लाखौँ युवासंग प्रतिस्पर्धा गरेर आउनु पर्ने तर तिनै राज्य चलाउने मान्छेलाई न त सर्टिफिकेट न त पढाईको स्तर अनि एक बुढा वा आफ्नो जिन्दगी पुरा एउटा सरकारी कार्यालय फाल्छन् तर ६ं० वर्ष पुगेपछि एकदिन पनि कार्यलय हाँजिर गर्न दिईदैन । तर जस देश चलाउने मान्छे जब ६० वर्ष पुग्छनी अनि उ युवा नेता बन्छ । पावरवाला चस्मा कोटको खल्तिमा हालेर चिल्लो कारमा राजनैतिक काममा हतार हतार दगुरागदुर हुन्छ उस्लाई । अनि त्यो कर्मचारीलाई उमेर हदवन्दी लगाउने इतिहासले राज्य चलाउने नेतालाई इतिहासले किन उमेर हदवन्दी लगाएको हो । यसकारण रहेक युवा साथीहरु अव यसको विकल्पको लागि सम्पुर्ण मिलेर संघर्ष गर्नुपर्छ जसरी एउटा कार्यालयको कर्मचारीलाई ६० वर्ष पुगेपछि सम्मानको साथ विदाई गरिन्छ त्यसरी नै ६० वर्ष उमेर पुगेका नेतालाई स–सम्मानका साथ विदाई गरेर युवाहरुले राज्य सञ्चालन गर्नुपर्छ । तवमात्र राज्यको मुहार फेरिएला होईन भने विदेशी भुमिमा भएका युवा विदेशी भुमिमा नै पसिना पुछिरहने अनि स्वदेशमा केहि गरेर बसेका युवाहरुलाई वोध आउँथ्यो, दोधारे कर्म भएर नै वाँच्नुपर्छ त्यसकारण अव युवा शासनको लागि संघर्ष गरौँ । युवा साथीहरु आजसम्म हामीहरु परिक्षणमै आफ्नो जिन्दगी फाल्यौ कहिले राजतन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र अझै पनि विश्वास छ र हामीलाई कुनै तन्त्रले देशलाई परिवर्तन गर्न सक्छ भने तपाईहरुलाई । त्यसकारण मेरो विचारमा अव युवातन्त्रकै लागि संघर्ष गर्नुपर्छ अनि गाउँ नगरपालिका जिल्ला प्रदेश राज्य जताततै युवाहरुको नयाँ जोश जाँगर र कार्यशैलिले मात्र देश विकासको सम्भावना छ ।

फलेवास नगरपालिका–१० कुर्घा (हाल माल्दिभ्स)