लालिगाको उपाधि रियल म्याड्रिडललाई

628
views

काठमाडौँ, ८ जेष्ठ । स्पेनिश घरेलु लिग लालिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । हिजो राति भएको खेलमा रियलले मलागालाई २/० गोल अन्तरले हराउदै रियलले किर्तिमानी ३३ पटक लालिगाको उपाधि जितेको हो । जितमा रियलका लागि रोनाल्डो र बेन्जेमाले १/१ गोल गरे । यस भन्दा पहिले सन् २०१२ मा रियलले लालिगाको ट्रफी उचालेको थियो । बिगत पाँच वर्षमा ४ पटक लालिगाको उपाधि जितेको बार्सिलोनाको दबदबालाई तोड्दै रियलले उपाधि जितेको हो ।
उता लिओनल मेस्सीको प्रेरणादायी प्रदर्शनमा उत्कृष्ट पुनरागमन गरेको बार्सीलोनाले आइबरलाई ४/२ गोल अन्तरले हराए सँगै बार्सिलोनाले दास्रो स्थानमा रहेर लिग टुंगाएको छ । यसै गरि लिगको तेस्रो स्थानमा एट्लेटिको म्याड्रिड तथा चौथो स्थानमा सेभिल्ला रहेको छ ।