सोलु घटना सरकारी षडयन्त्र हो–विप्लव समूह (विज्ञप्ति सहित)

1040
views

काठमाडौं । सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको समाचार बाहिरिएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोमबार विज्ञप्ति जारी गरेर सोलु घटना सरकारी षडयन्त्र भएको बताएका छन् ।

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको समेत स्पष्ट पारेका छन् ।

‘आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैन् भने त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहन्छौं । पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको त्यो समाचारमा ल्याइएको हो ।’