केपी ओली मार्काको संघीयता मागेका होईनौ–महतो

1034
views

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले मंगलबारको संघीय संसदमा केपी ओली मार्काको संघीयता नमागेको बताए । संसदमा जारी बजेट माथिको छलफलमा भाग लिँदै महतोले संघीयता विरोधी बजेट भएको तर्क गरे ।

उनले संघीयताको मर्मअनुसारको बजेट नआएको बताउँदै यो बजेटको विशेषता भनेको संघीयता विरोधी रेहेको तर्क गरे ।

सबै केन्द्रीय सरकारले नै गर्ने भए देशलाई किन संघीयतामा लगेको भनेर उनले प्रश्न गरे । नियम, कानुन, कर्मचारी, बजेट केही नभएको संघीयताका लागि जनताले आन्दोलन गरेको होइनन् भन्दै उनले अधिकार प्राप्तिका लागि नेपाली जनताले फेरी राष्ट्रिय रुपमै आन्दोलित हुनुपर्ने समय आएको हो भनेर प्रश्न गरेका थिए ।

राजपा सांसद महतोले लोकसेवा आयोगले स्थानीय तहका लागि हालसालै गरेको विज्ञापनको पनि विरोध गरे ।