बागलुङका स्थानिय सरकारलाई बजेट बिनियोजन

1877
views

सिताराम थापा
बाग्लुङ्ग । नेपाल सरकारले गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका १० वटा स्थानिय तहलाई बजेट बिनियोजन गरेको छ । आगामि बर्ष २०७६ र ७७ को लागि संघीय सरकारबाट रु ३ अर्ब ७९ करोड ९२ लाख बिनियोजन भएको छ ।

अर्थ मन्त्रालयले आज अन्तर सरकारी बित्तीय हस्तान्तरण शिर्षकमा देशभरका स्थानिय तहहरुले पाउने अनुदानको बजेट बिवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ । जिल्लाको सबैभन्दा धेरै अनुदान सबै भन्दा पुरानो बानपा भएपनि पुरानो नगर भएकोले पाएको ५३ करोड नपुग छ भने नयाँ नगरमा जैमिनि नगरपालिकाले ३८ करोड १९ लाख रुपैया पाएको छ ।

यसै गरि सबैभन्दा बढि बिनियोजन हुने गाउँपालिका ३० करोड ७५ लाख र कम पाउने गाउँपालिका १३ करोड १९ लाख रहेको छ । अन्य बिवरण तालिकामा उपलब्ध छ । स्थानिय निकायहरुमा उक्त बजेट बिनियोजन भएता पनि जनसहभागिता, पारदर्शिता र शुसासनमा कमि रहेको नागरिक समाजले गुनासो व्यक्त गरेको छ ।