जनसत्ता व्यूँताउँदै माओवादी केन्द्र, प्रभाकर भन्छन् जितेका ठाउँमा जनसत्ता चलाउँछौं

698
views

काठमाण्डौ, ८, जेठ । ऊर्जामन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले माओवादी केन्द्रले जितेका ठाउँहरुमा जनसत्ता चलाउने बताएका छन् । पहिलो चरणको निर्वाचनको परिणाम आउँदै गर्दा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत हरेका प्रभाकरले भने, ‘हामीले जितेका ठाउँमा जनसत्ता चलाउँछौँ, देशभर माओवादीले जितेका ठाउँलाई मोडेलको रुपमा विकास गर्ने छौँ ।’ माओवादीमा आएको विभाजन, फुटले माओवादी केन्द्र पहिलो पार्टी हुन नसकेको उनको भनाई थियो । पहिलो चरणको निर्वाचनको नतिजालाई उनले सन्तोषजनक नभएको भनेका छन् । लोडसेडिङ अन्त्य गरेर सफल मन्त्रीको परिचय बनाएका प्रभाकरले सत्ता सञ्चालनका राम्रा र नराम्रा सबै शिक्षालाई स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्ने समेत बताए ।