रुकुम पूर्वमा कम्प्युटरबाट नागरिकता वितरण

861
views

रुकुम (पूर्व), जेठ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा कम्प्युटरबाट नागरिकता वितरण सुरु गरेको छ । नयाँ जिल्ला स्थापना भएको करिब २० महिनासम्म हस्तलिखित नागरिकता प्रदान गर्दै आएकोमा मंगलबारदेखि कम्प्युटर प्रविधिबाट नागरिकता वितरण सुरु गरिएको हो । २०७४ असोज १९ मा नयाँ जिल्ला स्थापना भएको थियो ।

कम्प्युटरबाट नागरिकता वितण गर्दा सेवाग्राहीहरुलाई सुरक्षित, छरितो र भरपर्दो सेवा हुनुका साथै कार्यालयको अभिलेख व्यवस्थित गर्न कम्प्युटर प्रविधिबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको भनाई छ ।

गृह मन्त्रालयबाट कम्प्युटर, प्रिन्टर, सफ्टवेयर लगायतका उपकरणको सुविधा प्राप्त भएपछि कम्प्युटर प्रविधिबाट सेवा सुरु गरिएको हो ।

कम्प्युटर प्रविधिबाट सेवा सुरु भएपछि सेवाग्राहीले तत्कालै सेवा पाउनुका साथै कागजातहरु किरा मुसाबाट असुरक्षित हुने समस्याको अन्त्य भएको उनको भनाई छ ।