हुम्लामा कम्पोजिट बीउ वितरण

688
views

सिमकोट । हुम्लाका किसानहरुलाई कम्पोजिट बीउ वितरण गरिएको छ । यहाँ किसानाई १० प्रकारका तरकारीका बीउ निःशुल्क वितरण गरिएको हो । सिमकोट गाउँपालिकाको कृषि शाखाद्धारा किसानहरुलाई तरकारी लगाउन जागरुक गर्न र आयआर्जनमा वृद्धि गर्न तरकारीको बीउ वितरण गरिएको हो ।

गाउँपालिकाका आठ वटा वडामा ९५७ घरधुरीलाई १० प्रकारका कम्पोजिट तरकारीका बीउ वितरण गरिएको पालिकाको कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले बताए ।

काउली, बन्दा, मुला, गाँजर, सिमी, टमाटर, रायो, पालुङ्गो, धनियाँ र सुईसचाडको बीउ निःशुल्क तिरण गरिएको हो । किसानहरुले उत्पादन भएको तरकारी आफ्नै प्रयोग र बढी फलाएर बिक्री गरि आम्दानी गर्नका लागि शाखाले यो कार्यक्रम राखेको हो ।