मानव सभ्यताको ईतिहासमा जातिय पहिचानको खोजी

695
views

सीताराम थापा
बिषय प्रबेशः म धौलागरीमा करिब दुई दशक दलित, महिला र बालबालिकामा नजिकबाट दलितलाई नियालेर काम गरे । म आफैमा गैरदलित भएपनि एकदशक भन्दा बढि दलितको हातबाट भात खाए । यस अभियानबाट लिखे र जुनकिरीको संगितजस्तो नेपालको चर्चित दोश्रो र तेश्रो उपन्यास जन्मियो । जसको पात्र पनि बने । तर आज दलित आन्लदोलन जनस्तरमा हुनै सकेन । हिजो बागलुङको आज जातिभेद उन्मुलन दिवस तर नेपालमा मिडियामा लेख कम खासै आयको देखियो । अहिले राजनीति, पद, पैसा र पहुँचमा दलित नेतादेखि सबै तल्लिन छन । गैर दलित आफ्नो सवाल मानव जातिको सवाल भनेर दलित जातिको सवाललाई ठान्दैनन् । दलितले पनि असल गैरदलितलाई समावेश गर्दैनन् । सबै अलिक केही जानेका पद-दलित नेता नजानेका हरि तन्नम् । यसैले पनि आज दलित आन्दोलन कुहिराको काग बनेको छ ।

समयको परिवर्तनशील सोंचमा आउने परिवर्तन, विकास लगायत कारणले परापुर्वकालकोजस्तो विभेद र छुवाछुतमा समय सापेक्ष कमि आएको छ ।

दलित विभेद साङ्लोः समयको परिवर्तनशील सोंचमा आउने परिवर्तन, विकास लगायत कारणले परापुर्वकालकोजस्तो विभेद र छुवाछुतमा समय सापेक्ष कमि आएको छ । यद्यपि, राज्यले राजनीतिक पहलमा सचेततापुर्वक पहल गरेर भएको परिवर्तन होइन । हजारौं बर्षको समयको परिवर्तनको सपना संभावनाले गर्दा विभेद केही घट्दै जाने क्रम चलिरहेको मात्र हो । केही गैरसरकारी प्रयास बाहेक अरुको केही प्रयत्न भएन । यसरी नै अघि बढ्दा यो विभेदको सांङ्ग्लो चुडिन अझै हजारौँ हजार वर्ष लाग्ने सुनिश्चित छ ।

नेपालमा दलितको स्थानः
नेपालमा हिंसा र बलात्कार हुने महिलामध्ये करिब २० प्रतिशत दलित समुदाययका छन । यो जनसंख्याको अनुपातभन्दा धेरै बढी छ । यसको मुख्य कारण विभेदपुर्ण राज्य संरचना हो । विदेशी भुमिमा सस्तो श्रम गर्ने धेरै दलित युवा रगत छ । यो जातीय अनुपातभन्दा धेरै देखिन्छ । नेपाली सरकारी जागिरमा करिब २ प्रतिशत दलित जातिका भउपनि तल्लो पदिय स्तरमा कार्यरत छन् ।

जात र थरको पहिचानः नेपालमा अहिलेसम्म धेरैलाई दलितको थर गोत्रको जानकारी छैन । यो नेपालमा एउटा राजनीतिक सवाल बनाउने कोशिस छ । नेपालको सत्ताले लामो समयसम्म दलित, मुस्लिम र जनजाति समाजलाई आफ्नो थरबाट चिनिनै दिएन । हिन्दू उच्च जातिको वर्चश्वले थरमा प्रहारको प्रहार भइरह्यो । उच्च जातका भने थर लेखियो उत्पीडितलाई जात मात्र लेखियो र लोकतान्त्रिक प्रगतिशिल भनाउँदा राजनीतिक दलले उनीहरुको नेतृत्व तहले पनि दमाई, कामी, सार्की, मुसलमान, मगर गुरुङ आदि कथित लेखायो । प्रजातन्त्रको स्थापनापछि यो सवाल थोरै उजागर भएपनि प्राथमिकता पाएन । क्रमशः लेख्न नदिइएका थरहरु लेख्ने क्रम दलितका टाठाबाठा । दलित जातिभित्रका घिमिरे, गौतम, दुलाललगायतले आफ्नो थर लेख्न थाले । त्यसले उच्च जातीय शासकलाई लौ यिनीहरुले त हाम्रो थर पो लेख्न भन्ने भ्रम भयो ।

दलित जातमा थर थियो तर भन्न मात्र दिईएन् । तथाकथित दलित वर्गलाई जातका आधारमा मात्र चिनिन बाध्य पारियो । उनीहरुले बिहेबारीमा थरको थोरै प्रयोग गर्थे । थर ठेगाना हो । जस्तो पोडवालबाट आएकालाई पौड्याल भनिएको हो । पौड्याल भन्ने ठाउँबाट बाहुन मात्र हिँडेका थिएनन् । त्यहाँका बाटाघाटामा सबै जाति हिँडेका हुन । भनेपछि पौडेल बाहुन र दलित दुबै हुने भयो । जंगबहादुरले, जङ्गबहादुर राणा लेख्न थाले । त्यसअघि उनीहरु राणा थिएनन् । मुस्लिम शासकले दिएको उपाधिलाई पृथ्वीनारायण शाहले लेखन अबलम्बन गरे । ऋषिका सन्तान भनिने गोतामेले गौतम भनेर लेखाईयो । नेपालका धेरै दलितले आफ्नो थर गोत्र नै राज्यले लेख्न नदिदा भुलिसके ।

दलित, ऐतिहांसिक विश्लेषणः
हाम्रो राज्य व्यवस्थामा सामन्तवादको धङधङी गन्हाएको पूँजीवादी अर्धसामन्तवादी चरित्रको व्यवस्था हो । नेपालमा पहिलेका सामन्तहरु नै पूँजीपतिमा रुपान्तरित भएका हुन् । पुजिवादी क्रान्ति बन्न् आएको पुजीवादले मजदुर र गरिब वर्गलाई रोजगार नदिने हुँदा बिदेशी श्रममा जोतिनु परेको हो । नेपाली सामन्तिहरु जमिन बेचेर पूँजीपति बनेका बने । ऊ हेर्दा पूँजीपति भएपनि सामन्तकै पुर्ण गुण देखिन्छ । उसलाई के लाग्छ भने, आफू सामन्त हुँदा नोकरका रुपमा रहेका दलित वा भूदास वा मोहीहरु अब पनि नोकरै हुन् र उनीहरु सधैँ सेवककै रुपमा रहनुपर्छ । यस्ता पूँजीपतिले उनीहरुको रुपान्तरण नै चाहँदैनन् । उनीहरुले सिंगो जातीय खलकलाई र वर्गिय रुपलाई मजदुरमा रुपान्तरण गरिदिन्छन् । अर्थात रुप फेरिए पनि सार फेरिँदैन । यसैले अहिले पनि दलित, गरिब श्रमिकलाई उच्च धनी वर्गमा रुपान्तरण भएको वर्गले तल्लो उपेक्षित, उत्पीडित अवसर बिहिन समूहलाई हेर्न चाहदैन । आफ्नै रगत, भाई भातृत्व भएपनि चेतनाका कारण विभेद कायम राख्न चाहान्छ, यद्यपि उसलाई यसबारे पुर्ण थाहा ? नभएकाृले सबै जातीमा यो समस्या ज्युदो जाग्दो छ ।  पढेलेखेका, सचेत वर्गलाई समेत यसबारे वास्तकिक र व्यवहारिक, शिक्षित मानव बनाउनु आजको चुनौतिको तगारो बनेको छ । सरकार र यसमा रहेका बौद्विकहरुको भुमिका अहिले आएर मानव अधिकारको सवाललाई ओझेलमा पारि कुहिराको काग बनाईएको छ ।

लेखकः सामाजिक अभियान्ता हुन ।