पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु

566
views

पोखरा,  ८ जेठ । लेखनाथ महानगरपालिकाको मतगणना सुरु भएको छ। विवादित वडा नम्बर १७ को बाहेक गणना गर्ने सहमति दलहरूले भर्खरै गरेका हुन् । साढे दुई बजेबाट मतगणना सुरु भएको हो । १७ नम्बर वडाका मत पत्रमा ठूलो र सानो आकारको स्वस्तिक छाप देखिएपछि विवाद हुँदा शनिबारदेखि मतगणना रोकिएको थियो। निर्वाचन आयोगले दुवैथरी स्वस्तिक प्रय‍‍ोग भएको जनाएक‍ो छ। दलहरूले मतदान सुरू गर्नुअघि स्वस्तिक छापक‍ो मुचुल्का उठाए, नउठाएक‍ो बारे छानबिन गर्ने सहमति पनि गरेका छन्।
अहिलेसम्म प‍‍ोखराका १५ वडाको नतिजा आइसकेको छ। अब १६, १८ र १९ को गणना हुनेछ।