कुवँरद्वारा आत्मज्ञान प्रचार संघलाई सहयोग

1345
views

गोबिन्द तिमिल्सिना
हेमजा, २३, जेठ । पोखरा २५ हेमजा निवासी बिष्णुमाया कँुवरले आत्मज्ञान प्रचार संघ चन्डिस्थान केन्द्र हेमजालाई आर्थिक सहयोग गरेकी छन् ।

आत्मज्ञान प्रचार संघ चन्डिस्थान केन्द्रमा निरन्तर शान्तिको सन्देश कार्यक्रमको लाभ उठाउदै आएकी कुवरको बुधबार शुभ चौरासी पुजा सु–सम्पन्न भएको छ । उक्त अबसरमा तुलादान गरिएको तीस हजार रुपैयाँ आत्मज्ञान प्रचार संघलाई सहयोग गरेको स्थानिय सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आर्थीक सहयोग गरेकोमा आत्मज्ञान प्रचार संघले सहयोगि दाताकोे परिवारको सु–स्वास्थ, दिर्घायु तथा सदा–सर्वदा सुख, खुसी र शान्तिको कामना गरेको छ ।