‘क्लिन फलेबास, ग्रिन फलेबास अभियान शुरु

951
views

पर्वत । पर्वतको फलेबास नगरपालिकाले शुरु गरेको ‘क्लिन फलेबास, ग्रिन फलेबास अभियानको रािष्ट्रय सभाका अध्यक्ष गणेश तिमिल्सिना मार्फत उद्घाटन भएको छ ।

अभियिानको बुधबार शंकरपोखरीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सनाले आफु राज्यको महत्वपुर्ण जिम्मेवारीमा रहेकोले कुनै पनि काम गर्दा नचुक्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो ६ बर्षे कार्यकालमा सबै तहका सरकार संगको सहकार्य र समन्वयमा पर्वत जिल्लाका ६२ वटै वडासम्म पक्की सडक पुयाउने प्रतिबद्धता समेत जनाए ।

‘क्लिन फलेबास, ग्रिन फलेबास’’ अभियान थालेर फलेबासले नमुना कार्य शुरु गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले वातावरण सफा राखेसंगै मन, मष्तिष्क पनि सफा राख्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहरुले रचनात्मक र सृजनात्मक ढंगले बिकास कार्यक्रम अघि बढाउँन जरुरी भएको कुरामा जोड दिए ।

फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अब फलेबासमा हरित बिकास शुरु भएको दाबी गर्दै सरसफाई र स्वच्छतालाई आम्दानी र दिगोपनसंग जोड्ने काम गर्न थालिएको बताए ।

कार्यक्रममा फलेबास नगरपालिकाकी उप–प्रमुख मञ्जु अधिकारी, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा, वडा नं ३ का अध्यक्ष अर्जुनबहादुर क्षेत्री र नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सिनाले बोलेका थिए ।