कृष्ण जन्मनु अघि अनि राम जन्मनु अघि !

669
views

गजल

–बलराम तिमिल्सिना
कृष्ण जन्मनु अघि अनि राम जन्मनु अघि !
कस्को पूजा गरिन्थ्यो यी नाम जन्मनु अघि ?

अल्ला जन्मनु अघि कन्फुशियस जन्मनु अघि !
कस्लाई ढोगिन्थ्यो यी तामझाम जन्मनु अघि ?

काँसी जन्मनु अघि बद्री केदार जन्मनु अघि !
कहाँ तिर्थ गर्थ्यौ धर्म धाम जन्मनु अघि ?

तेरो जन्मनु अघि अनि मेरो जन्मनु अघि !
को को ईश्वर थिए पहिलो गाम जन्मनु अघि ?

वुद्ध जन्मनु अघि अनि यशू जन्मनु अघि !
के ईश्वर थिए यी जून घाम जन्मनु अघि ?

कवि बिप्लक ।