औपचारीकतामा मनाइने गणतन्त्रलाइ जनसहभागितामा मनाउने प्रमको प्रतिबद्धता

690
views

काठमाण्डौ, ८, जेठ । ‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ’प्रचण्ड’ ले गणतन्त्र दिवस औपचारिकतामा मात्र पूरा गर्नेभन्दा जनताको माझमा जनता सँगसँगै मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताउनुभएको हो ।
नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको दिन गणतन्त्र दिवसको दिन भएकाले सबैको सल्लाह र सुझावका आधारमा व्यवस्थित, सभ्य र भव्य रूपमा मनाउने उहाँको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गर्दा देले जित्ने बताउनुभयो ।
बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थित थियो ।