दक्षिण कोरियाली सञ्चार माध्यमहरुको अनर्गल प्रचार

516
views

काठमाडौं । दक्षिण कोरियाली सञ्चार माध्यमहरुले उत्तर कोरियाका एक उच्च सरकारी अधिकारीलाई सर्वोच्च नेता किम जोङ उनले बरखास्त गरी श्रम शिविर पठाएको भनी गरिरहेका हल्ला बकवास साबित भएको छ । श्रमशिविरमा पठाइएका भनी निकै प्रचारित ती उच्च पदस्थ कुटनीतिज्ञ किम योङ चोल सर्वोच्च नेता किम जोङ ऊनसँगै सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भएको देखिएपछि दक्षिण कोरियाली पीतप्रचारको खुलासा भएको हो ।

अमेरिकी छाँया र विज्ञापन लगानीमा चलिरहेका केही ठूला भनिएका सञ्चार माध्यमहरुले यस्ता अफबाहको खेती बेलाबेलामा गरिहेका हुन्छन् । सीआईए शैलीको यो प्रचारको सिकार विशेष गरी उत्तर कोरियालाई बनाउन खोजिएको देखिन्छ । भनिन्छ दक्षिण कोरियामा अमेरिकी दलालहरुको राज लामो समयदेखि चलिरहेको छ ।

दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार ट्रम्प–ऊन भियतनाम वार्ता असफल भएपछि किम जोङ चोललाई बर्खास्त गरी श्रम शिविरमा पठाइएको प्रचार गरिएको थियो । चोल एक वर्ष अघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न ह्वाइट हाउस पुगेका थिए ।

अमेरिका–उत्तर कोरियाका बीचमा दक्षिण कोरियाको मध्यस्थता विना नै दुई पटकसम्म आमनेसामने वार्ता चलेपछि दक्षिण कोरिया निकै रुस्ट छ । दक्षिणले आफ्नो मध्यस्थता र उपस्थिति विना उत्तरसँग अमेरिकाले सिधै वार्ताको हात अघि बढाएको भनेर असन्तुस्टि पोख्दै आएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्प यस कुरालाई उत्तरसँगको वार्तामा बाधक मान्दछन् र दक्षिणको उपस्थितिमा उत्तरले खुलेर कुरा गर्न नसक्ने मान्यता राख्दछन् ।

यही पृष्ठभूमिमा दक्षिण कोरियाली सञ्चार माध्यमहरुले अमेरिकासँग सम्वादको नेतृत्व गरिरहेका केही उत्तर कोरियाली कुटनीतिज्ञलाई सजाय हुनसक्ने भनी धुुवाँधार प्रचार गरिरहेका थिए । अमेरिका र उत्तर कोरियाबीचमा भएको पछिल्लो वार्ता सहमतीबिना नै हनोईमा अचानक अन्त्य भएपछि दक्षिण कोरियाका लागि यो भन्दा ठूलो खुशी र प्रचारको मसला अरु केही थिएन ।

दक्षिण कोरियाको सबैभन्दा धेरै वितरण हुने पत्रिका चोसुन इल्बोलाई प्रकाशित गर्न लगाएपछि पश्चिमा समाचार संस्था सीएनएन र बीबीसीले पनि त्यसैलाई उद्धृत गर्दै निकै स्थान दिएका थिए । तर विज्ञहरुले समाचार प्रकाशन भए लगत्तै त्यसको स्रोतमाथि ओल्याउँदै समाचारको सत्यताबारे प्रश्न उठाएका थिए । यसको बारेमा उठाइएका प्रश्नहरु अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसम्म पुगेपछि आफूहरुले आफ्नै देशका खबरमाथि निगरानी गरिरहेको प्रतिक्रिया दिन समेत बाध्य पारिएका थिए । मुलबाटोबाट